• होमपेज
  • क्रिकेट
  • विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै

विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै

  • सोमवार, जेष्ठ १४, २०८१
विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै

काठमाडौं– आइसीसी टी–२० विश्वकप क्रिकेट अघिका वार्मअप खेल आजदेखि सुरु हुँदै छन् । आज नेपालले वार्मअप खेलमा क्यानडाको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । सन् २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

आइसीसीको टी–२० वरियतामा नेपाल १७औँ स्थानमा छ भने क्यानडा २३औँ स्थानमा रहेको छ ।

नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार