• होमपेज
  • बडिमालिका
  • बाजुरामा एक महिलाको विभत्स हत्या, बलात्कारपछि हत्या गरेको आशंका

बाजुरामा एक महिलाको विभत्स हत्या, बलात्कारपछि हत्या गरेको आशंका

  • मङ्लबार, जेष्ठ ८, २०८१
बाजुरामा एक महिलाको विभत्स हत्या, बलात्कारपछि हत्या गरेको आशंका

बाजुरा —बाजुरामा एक जना महिलाको विभत्स तरिकाले हत्या भएको छ । बडिमालिका नगरपालिका ६ कोर्ध बस्ने ४५ बर्षिय धौली बडुवालको विभत्स तरिकाले हत्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

स्थानिय हर्क बडुवालका अनुसार उनको बलात्कार पछि कुटपिटबाट हत्या गरेको दाबि गरेका छन् । धौली बडुवाल कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेखमा गाइबस्तु सँगै गोठ छानामा बस्दै आएकि थिईन् । धौली छाना भित्र सोमबार बिहान आफन्ते मृतक अवस्थामा फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख तथा डिएसपी दिलिप कुमार गिरीले भने बलात्कार पछि हत्या हो, वा अन्य कुनै कारण हो त्यसको अनुसन्धान भइरहेको वताएका छन् । मृतक धौलीको टाउको र अनुहारमा गम्भिर चोट रहेको छ । घर ढोका र उनि सुताइएको नजिकै रहेको अदानीमा समेत रगत लागेको प्रहरीले जनाएको छ ।

कारण के हो अनुसन्धान भइरहेको छ, कुटपिट बाट हत्या भएको प्रहरीले जनाएको छ । उनि सँग रहेको नगद पैसा र शरिरमा लगाएका गहना भने उनकै शरिरमा रहेका थिए । उनलाइ लुटपाट गर्ने उद्देश्यले हत्या नभएको अरु नै कारण भएको प्रहरीले बताएको छ । बलात्कार पछि हत्या भएको प्रहरीले पनि आशंका गरेको छ । धौलीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । पोष्टमार्टम पछि भेजनल स्वाव निकालेर ल्यावका लागि काठमाडौ पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

भेजनल स्वावको परिक्षण पछि बल्तकार पछि हत्या भए नभएको जानकारी हुने प्रहरीले वताएको छ । अनुसन्धानका लागि तिनजनलाइ प्रहरीले नियन्त्रणमा लगेको छ । धौलीको टाउको पछाडी र अनुहारमा गम्भिर चोट रहेको छ । खुडा माथि छातिमा निल र डाम रहेको प्रहरीले जनाएको छ ।

धौलीका श्रीमान नन्द बडुवालको २४ बर्ष पहिला नै मृत्यु भइसकेको छ । उनि सधै अशक्क्त छोरी सँग बस्ने गरेकि थिईन् । छोरी दुइदिन अघि महिनावारी भएपछि बुढाकोर्ध बाट कोर्ध गाउँ झरेकी थिईन् । धौली एक्लै बस्दै आएकि थिईन् । सोमबार बिहान ७ बजे सम्म उनि कतै नदेखिएपछि नजिकै छानोमा बस्दै आएकी जमुना बडुवाल धौली बस्ने ठाउँ पुगेकी थिईन् ।

छानाको ढोका लगाइएको थियो, भित्र खोलेर हेर्दा सुताइएको थियो । पुरै अनुहार भरी चोट र शरिर भरि रगत रहेको थियो । ओछ्यानमा सुताएझै सुताएर उनको शव राखिएको जमुनाले बताईन् । धौलीका छोरा नृप बडुवालले भने लुटपाट उद्देश्यले हत्या नभएको बताए । आमाको शरिरमा लगाएका गहना र उनि सँग भएको पैसा साथमै छन्, आमाको बलात्कार पछि हत्या नै भएको छोराले बताए । हत्या गुर्नपर्ने अरु के कारण थियो, बलात्कार भयो त्यसपछि अरुलाइ भन्ने डरले हत्या गरेको छोरा नृपले बताए । धौली हत्याको अनुसन्धानका लागि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । आफन्तले पोष्टमार्टम भएपनि हत्यारा पत्ता नलाग्दा सम्म शव नउठाउने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार