• होमपेज
  • समाज
  • बाजुराको अति दुर्गम गाउँ मुक्तिकोटमा चामल बिक्री वितरण सुरु

बाजुराको अति दुर्गम गाउँ मुक्तिकोटमा चामल बिक्री वितरण सुरु

  • मङ्लबार, जेष्ठ ८, २०८१
बाजुराको अति दुर्गम गाउँ मुक्तिकोटमा चामल बिक्री वितरण सुरु

टेकबहादुर बुढा,बाजुरा —बाजुराको अति दुर्गम गाउँ स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटमा खाद्यान्न बिक्री वितरण सुरु गरिएको छ । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट बिक्री केन्द्रमा ५ सय क्विन्टल चामल आपूर्ति गरेर सोमवारबाट बिक्री वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

मुक्तिकोटबाट पायक पर्ने वडा नंः १ र २ का स्थानीयका लागि प्रति केजी ६६ रुपैयाँका दरले मोटा चामल बिक्री वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जनाकारी दिएका छन् । मुक्तिकोटमा पहिलो चरममा गत बर्षकाे फागुनमा ५ सय क्विन्टल चामल आएकाे थियाे भने यस बर्षकाे काेटामा  अहिले पनि ५सय क्विन्टल चामल आपूर्ति गरेर बिक्री वितरण गर्न थालिएको अध्यक्ष रोकायाले बताए । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार खाद्यान्न बिक्री केन्द्र तोकिएको मुक्तिकोटबाहेक अन्य ठाउँबाट बिक्री गरिएको पाइएमा कारवाही गरिने भएको छ । आफू निर्वाचित भएर आइसकेपछि पटकपटक मन्त्रालय धाएपछि लोमो समयको प्रयासले मुक्तिकोटमा बिक्री केन्द्र स्थापना गर्न सफल भएको अध्यक्ष रोकायाले बताएका छन् ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट पालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि ०७९ काे मङसिरमा मात्रै मुक्तिकोटमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको थियो । बाजुराकाे मुक्तिकोट गाउँ  सधै‌ भाेक, अभाव र गरिबिले गुज्रीएर भाेकमरीकाे सङकट खेपिरहेकाे गाउँ हाे ।

चर्चामा

सम्बन्धित समाचार