शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • देश
  • एमाले बाजुराकाे पदाधिकारीमा ओली प्यानल विजयी

एमाले बाजुराकाे पदाधिकारीमा ओली प्यानल विजयी

  • आइतवार, जेष्ठ ६, २०८१
एमाले बाजुराकाे पदाधिकारीमा ओली प्यानल विजयी

बाजुरा–नेकपा एमाले जिल्ला कमिटी बाजुराको पदाधिकारीमा अध्यक्ष लाल बहादुर ओली प्यानल विजयी भएकाे छ । अध्यक्ष लाल बहादुर ओली, उपाअध्यक्षमा जनक कुमार बाेहरा,  सचिबमा काशि बहादुर बिक, उपसचिवमा हरि बहादुर राेकाया र राजकला सार्कि विजयी भएका छन् ।

अध्यक्ष लाल बहादुर ओलीले २ सय १८, उनका प्रत्यासी भरत बहादुर थापाले २ सय ३, उपाअध्यक्षमा जनक कुमार बाेहराले २ सय ७४ उनका प्रत्यासी मेघराज शाहीले १ सय २०,   सचिबमा काशि बहादुर बिकले २ सय ४१ उनका प्रत्यासी जनक विष्टले १ सय ७१  उपसचिवमा हरि बहादुर राेकायाले २ सय ७७ उनका प्रत्यासी मान बहादुर राेकायाले १ सय १५ र राजकला सार्किले २ सय ७७ र उनका प्रत्यासी कल्पना महतले १ सय २६ मत ल्याएका छन् ।

अधिबेशन जेठ १ गते बाट शुरु भएकाे थियाे ४ सय ३९ जना प्रतिनिधि मध्ये ४ सय २५ मते खसेका थिए ।  नेकपा एमाले आठौँ जिल्ला अधिवेशनको चुनावी सरगर्मीको मैदानमा अध्यक्षमा भरतबहादुर थापा र लालबहादुर ओली उत्रिएका थिए।

भरत बहादुर थापालाई एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले बोकेका थिए। अर्का अध्यक्षका प्रत्याशि लाल बहादुर ओलीलाई एमाले केन्द्रिय सदस्य लाल बहादुर थापाले बोकेका छन् । केन्द्रिय तहका द्धय थापा नेता दुबै बुढिगंगा नगरपालिकाका हुन् । २०७९ को चुनावमा एकजना संघमा एक जना प्रदेश ख बाट उम्मेदवार बनेर प्रराजय भएका थिए । बाँकी सदस्यकाे भने केही बेरमा मतगणना हुने भएकाे छ ।

 

चर्चामा

सम्बन्धित समाचार