• होमपेज
  • राजनीति
  • एमाले बाजुराको अधिबेशन :- दुइ थापा बिच अस्तित्वको लडाइ !

एमाले बाजुराको अधिबेशन :- दुइ थापा बिच अस्तित्वको लडाइ !

  • शनिबार, जेष्ठ ५, २०८१
एमाले बाजुराको अधिबेशन :- दुइ थापा बिच अस्तित्वको लडाइ !

बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराको नयाँ नेतृत्व चयनका लागि पाँच दिनदेखि रस्साकस्सी चलेको छ । अधिबेशन शुरु भएको चौथो दिनमा बल्लतल्ल उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको छ । अधिबेशनमा नयाँ नेतृत्व चयनका लागि ४ सय ३९ जना प्रतिनिधि रहेका छन् । तिन दिनमा सम्पन्न गर्नुपर्ने आठौँ जिल्ला अधिवेशनको पाचौ दिनमा बल्लतल्ल उम्मेदवारी प्रक्रियामा पुगेको छ ।  नेकपा एमाले आठौँ जिल्ला अधिवेशनको चुनावी सरगर्मीको मैदानमा अध्यक्षमा भरतबहादुर थापा र लालबहादुर ओली उत्रिएका छन् ।

भरत बहादुर थापालाई एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले बोकेका छन् । अर्का अध्यक्षका प्रत्याशि लाल बहादुर ओलीलाई एमाले केन्द्रिय सदस्य लाल बहादुर थापाले बोकेका छन् । केन्द्रिय तहका द्धय थापा नेता दुबै बुढिगंगा नगरपालिकाका हुन् । २०७९ को चुनावमा एकजना संघमा एक जना प्रदेश ख बाट उम्मेदवार बनेर प्रराजय भएका थिए ।

दुइ थापाले फरक फरक बोकेपछि दुबै थापा अस्तित्वको लडाइमा लडेको एमाले एक नेताले वताएका छन् । दुइ थापा एकअर्कालाइ स्वीकार नगर्ने पक्षमा छन् । उनीहरुले यही चुनावलाइ आफ्नो अस्तित्वको लडाइका रुपमा लिएका छन् । सहमतीका लागि प्रयास भएपनि दुइथापा बिच भेटमा एकअर्कालाइ आरोप लगाउनमा ठिक्क हुने वताए । एमाले एक नेताले भने यी दुइ थापा नमिल्दा सहमती नभएको वताउने गरेका छन् । बाजुरामा एमालेको राजनितिक दुइ थापाको अस्तित्वको लडाइले चुनाव हुन पुगेको कार्यकर्ताको भनाइ रहेको छ ।

जिल्लामा एमाले भित्र प्रस्ट गुंटको राजनीति नगरी अवस्था अनुकूल सहयोग असहयोग गर्ने तर विवादमा आउन नचाहने केन्द्रीय सदस्य प्रकाश शाह भने संकुचित राजनीतिक भन्दा टाढा देखिन्छन् । अन्ततह उनले पनि कर्णबहादुर थापाकै टिमलाई सघाउने पुगेको छन् । त्यसैगरी तत्कालिन माओवादी पृष्ठभूमिका एमाले केन्द्रीय  सदस्य सहदेव बोगटी पनि दुुईचारजना लिएर स्थायी कमिटी सदस्य कर्णथापा पक्षमा मिसिने सङ्केत छ । पूर्व प्रदेश सांसद एवं जिल्ला कमिटी सचिव बल्देव रेग्मी पनि कर्णबहादुर थापाकै एलायन्समा छन् ।  प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही भने लालबहादुर थापा पक्षमा उभिएका छन् ।

जिल्ला स्तरको प्रतिनीधिबेसमा केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला र केन्द्र प्रदेश स्तरका नेता कार्यकर्ता बेसमा कर्णबहादुर थापाको पहुँच बलियो देखिन्छ । बाजुरा जिल्लामा विगत देखि एमाले भित्र तिन धार देखिन्छन् । तिन धार मध्ये दुई धार सशक्त प्रतिस्पर्धी मानिन्छन् । जिल्लामा कार्यकर्ता लेवलमा केन्द्रीय सदस्य लालबहादुर थापा पक्षले आफु बलियो  भएको दाबी गर्छ भने ।  केन्द्र तथा जिल्लाका नेता स्तरमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको समुह आफू बलियो  भएको दाबी गर्छ । बाह्य रुपमा थापा “कलौनी” विरुद्ध अर्को विकल्प खोज्नुपर्छ भन्ने मान्यता राख्ने कार्यकर्ता पनि छन् । तर कम्युनिष्ट केन्द्रीयतामा प्रस्ट बाहिर आउन सकेका छैनन् । त्यसले गर्दा थापा द्वयको शीतयुद्ध जारी छ । हामी त रमित मात्र हौं आठौँ जिल अधिवेशन सघाउन आएका एक प्रतिनिधिले भने ।

एमाले जिल्ला नेतृत्व वीच आपसमा भिड्नै परेमा एमाले कार्यकर्ता तहमा चार वटा फ्याक्टर नै चुनाव हारजितको प्रमुख कारक हुन सक्छन् । ती कारक मध्ये पहिलो गुटगत, त्यसपछि भौगोलिक तथा जातीय वर्गीय कलष्टर र मनिमसल्सले पनि काम गर्ने छ । चारवटै कलष्टरमा जो बोलियो छ, उसकैको पोल्टोमा नेतृत्व जाने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार