• होमपेज
  • राजनीति
  • बाजुरा एमालेका तेस्रो आकाङ्गक्षी शाहीको सर्मथन थापालाइ

बाजुरा एमालेका तेस्रो आकाङ्गक्षी शाहीको सर्मथन थापालाइ

  • शनिबार, जेष्ठ ५, २०८१
बाजुरा एमालेका तेस्रो आकाङ्गक्षी शाहीको सर्मथन थापालाइ

बाजुरा–  नेकपा एमाले बाजुराको अध्यक्ष पदका लागि एमालेका ससक्त नेता रंगमान शाहीको सर्मथनमा भरत थापालाई  अगाडी सारिएका छन । आकाङ्गक्षी शाहीको थापालाई सर्मथनमा थापाकाे उम्मेदवारी रहेकाे हाे । अधिवेशनको पूर्व सन्ध्यामा रंगमान शाही, भरत बहादुर थापा र लालबहादुर ओली उम्मेद्धारी रहने चर्चाका विच अन्तत रंगमान शाहीले भरतबहादुर थापालाई सहयोग गरेका छन । रंगमान शाहीले भरतबहादुर थापालाई सहयोग गर्ने भएपछि अव भरतबहादुर थापा र लाल बहादुर ओली बिच प्रतिस्प्रधा  देखीएका छन ।
थापा र ओली प्यानल सहित चुनावी प्रतिस्प्रधामा उम्मेद्धारी दर्ता भइसकेका छन । भरतबहादुर थापाको प्यानलमा उपाध्यक्ष मेघराज शाही, सचिव जनक विष्ट, उपसचिव मान बहादुर रोकाया (अर्जुन) र महिला उपसचिवमा कल्पना महत्त छन भने लालबादुर ओलीको प्यानलमा उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काँशी विक, उपसचिव हरि बहादुर रोकाया र महिला उपसचिवमा राजकला सार्की छन् ।
नेकपा एमाले आठौँ जिल्ला अधिवेशनको चुनावी सरगर्मीको मैदानमा अहिले सम्म वर्तमान अध्यक्ष एवं युवाशक्ती मानिएका अध्यक्षका सशक्त उम्मेदवार भरतबहादुर थापा हुुन् । उनी यस अघिको जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको नेतृत्वमा सचिव हुन् । अध्यक्ष शाही प्रदेश कमिटी उपाध्यक्ष भएपछि एमाले जिल्ला कमिटीले सचिवलाई पदोन्नति गरी अध्यक्षमा मोनोनित गरिएको थियो । प्रतिनिधीको रुपमा आएका मध्य युवाहरुको रोजाईमा थापा पर्छन । जिल्ला अधिबेशन प्रतिनीधीमा ४३९ जना रहेका छन । अधिबेशन निर्वाचन कमिटिले दिएको जानकारी अनुसार अधिवेशनबाट जिल्लाको नेतृत्व गर्न अध्यक्ष पदका लागी २ जनाको उम्मेद्धवारी दर्ता भएको छ । नेकपा एमाले बाजुराको अधिबेशन १ गते उद्धघाटन भए पनि ३ दिन पछाडी निर्वाचन प्रक्रियामा गएको हो । ५ जना पदाधिकारीका लागि ११ जनाको उम्मेद्धवारी रहेको छ ।

त्यसै गरि खुला सदस्यमा २५ जना, खुला महिलामा ६ जना, दलित महिला ४ जना, दलित खुलामा १२ जना, युवा खुलामा ७ जना, दलित युवामा ५ जना, जनजाती महिलामा २ जना, जनजाती पुरुषमा १ जना पिछडीएको क्षेत्र १ जना मुस्लीम १ जना गरि सदस्यहरुमा १८२ जनाको उम्मेदवार रहेका छ । तर नेकपा एमालेको जिल्ला कमिटि ९० जनाको मात्र रहने निर्बाचन कमिटिले जनाएको छ । बाजुरामा एमाले अधिबेशनका लागि ४ सय ३९ जना पार्षद रहेका छन । सदस्यमा मात्र ५७ जनाको उम्मेद्धवारी परेको निर्बाचन समितिले जनाएको छ । जिल्लाको कमिटि ९० सदस्यि कमिटि बन्ने नेकपा एमाले निर्वाचन कमिटिले जनाएको छ ।
थापाको सर्मथनमा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह,  सहदेव बोगटी, एमाले सदुरपश्चिम प्रदेश कमिटि उप सचिव बल्देव रेग्मी लगायतका नेताहरुको सर्मथन रहेको छ भने अर्का अध्यक्षका उम्मेदवार लाल बहादुर ओलीलाई नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाको सर्मथन रहेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार