• होमपेज
  • बडिमालिका
  • खाध्य अधिकार संजालद्धारा जिल्लाको खाद्य अबस्थाका बारेमा प्रजिअलाई बुझाए ज्ञापन पत्र

खाध्य अधिकार संजालद्धारा जिल्लाको खाद्य अबस्थाका बारेमा प्रजिअलाई बुझाए ज्ञापन पत्र

  • शुक्रबार, जेष्ठ ४, २०८१
खाध्य अधिकार संजालद्धारा  जिल्लाको खाद्य अबस्थाका बारेमा प्रजिअलाई  बुझाए  ज्ञापन पत्र

बाजुरा — खाध्य अधिकार संजाल बाजुराले जिल्लाको खाद्य अबस्थाका बारेमा जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार विश्वव्यापी घोषणा पत्र १९४८ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समवन्धी अनुवन्ध १९६६ अनुसार मानव अधिकार भन्नाले पोषणयुक्त खाद्य, बसोवास, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ पिउने पानी, रोजगारीको अवसर पाउने अधिकार र सामाजिक सुरक्षा पाउने अधिकार आदिलाई लिएको भए पनि बाजुरामा त्यसको सुनवाई नभएको भन्दै संजालले ज्ञापन पत्र बुझाएको जिल्ला खाध्य अधिकार संजाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायले बताए ।
नेपालको संविधानले उक्त अधिकारहरुलाई मौलिकहकको रुपमा स्थापित गर्नका लागि खाद्य सम्बन्धी हकको व्यवस्था गरिसकेको भए पनि बाजुराका हलिया खलिय र स्वामिकार्तिक खापर गाउँपालिकाको मुक्तीकोट, छुद्दरी बस्ती जोखीममा रहेकाले सो क्षेत्र स्तानान्तरण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धीत निकायको ध्यनाकर्षणका लागि ज्ञापन पत्र बुझाएको अध्यक्ष पाध्यायले बताए ।
। जिल्ला विपद् ब्यवस्थापन समितिले तयार गरेको विपद् प्रतिकार्य योजना अनुसार जिल्लामा समस्यामा परेका समुदायहरुलाई तत्काल उद्धार र राहात उपलव्ध गराई नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गर्दछौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
फियान नेपालले छुद्दरीका पहिरो पिडीतको सवाल उठाउदै आएको भए पनि हाल सम्म सो ठाउँको सुनुवाई नभएका कारण तत्काल सुनुवाई गर्न प्रमुख जिल्ला अधिकारी संग छलफल समेत गरिएको फियान नेपालका जिल्ला संयोजक सबिता थापाले बताएकी छन । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले सो क्षेत्रको समस्या समाधानका लागि जिल्ला प्रशासनले गर्नुपर्ने कार्य लाई बिपत ब्यबस्थापन समितिको बैठक बोलाएर प्रक्रिया अगाडी बढाउने बताएका छन ।
जिल्लामा एक हप्ता अगाडी देखी जिल्लाका कोल्टी क्षेत्र खप्तड छेडेदह गाउँपालिका र त्रिबेणी नगरपालिका लगायतका क्षेत्रमा आएको असिना पानिले गरेको क्षेतीको एकीन गरी किशानलाई क्षेतीपुर्तीका लागि जिल्ला खाध्य अधिकार संजाल बाजुराले बिहिबार पनि ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्लाका अधिकारकर्मीहरुकाे सहभागीता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार