• होमपेज
  • राजनीति
  • कांग्रेस पुँजीवादी वर्गको पार्टी होः एमाले उपाध्यक्ष थापा

कांग्रेस पुँजीवादी वर्गको पार्टी होः एमाले उपाध्यक्ष थापा

  • मङ्लबार, जेष्ठ १, २०८१
कांग्रेस पुँजीवादी वर्गको पार्टी होः एमाले उपाध्यक्ष थापा

टेकबहादुर बुढा,बाजुरा —नेकपा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले नेपाली कांग्रेस पुँजीवादी वर्गको पार्टी रहेको बताएका छन् । मंगलवार नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन उद्धाटन समारोहमा प्रमुख अथितिको रुपमा बोल्दै उपाध्यक्ष थापाले पुँजीवादी पार्टी कांग्रेस आफूलाई लोकतन्त्रवादी पार्टी भन्ने गरेको आरोप लगाएका छन् ।

ठुला पुँजीपतिहरुको प्रतिनिधित्व गर्न राजनितिक पार्टी नेपाली कांग्रेसलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशनले परिभाषित गरेको उपाध्यक्ष बादलले बताए । पुँजीपतिहरुको स्वार्थपूर्ति गर्न कांग्रेस पार्टी खोलिएको आरोप लगाएका छन् । नेपालमा मुख्य रुपमा पुँजीवादी कांग्रेस, श्रमजीवी वर्गको प्रतिनिधित्व गर्न पार्टी नेकपा एमाले र अन्य साना अवसरवादी गरि तीन किसिमका पार्टी रहेको बताएका छन् ।

पुँजीवादी पार्टीले अवसरवादी पार्टीहरुलाई आफूतिर तानेर नेकपा एमालेलाई घेराबन्दी गर्दै अहिले बनेको एमाले नेतृत्वको सरकारलाई गिराउने खेल चलिरहेको उपाध्यक्ष थापाले बताए । नेकपा एमालेको सरकारलाई हुन नदिने सडेन्त्र भईरहेको थापाले बताए । त्यसलाई विघटन गर्न कसरत भइरहेको र देशको अर्थतन्त्रलाई न्युन गरि देश काँग्रेसकै कारण डुब्न लागेको उनले बताए । देशको अर्थतन्त्रलाई मुलधारमा ल्याउन नीति तथा कार्यक्रममार्फत अहिलेको सरकारले प्रयास गरिरहेको थापाले दावि गरेका छन् ।

नेकपा एमाले सधैं श्रमजिवी तथा गरिब वर्गको प्रतिनिधित्व गर्दै उनीहरुको प्रगति, समृद्धिका लागि बलिदान गर्न अग्रसर रहेको उपाध्यक्ष थापाको भनाई छ । त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीप्रति लक्षित गर्दै उपाध्यक्ष थापाले भने,“दुई ठुला दलहरुको बिचमा केहि साना पुरातनवादी, अवसरवादी, बामपन्थी तथा गैरबामपन्थी पार्टीको चरित्र अवसरवादी हुन्छ, उनीहरु क्रान्तिकारी पनि भइदिन्छन् अनि प्रतिक्रियावादी पनि भइदिन्छन् ।”

त्यस्ता पार्टीले नेकपा एमालेलाई फुटाएर नेपाली कांग्रेससँग गठबन्धन गरे हामीले तिनीहरुलाई दक्षिणपन्थी भन्यो, तिनीहरुले पार्टी विभाजन गरेर कांग्रेससँग मिलेको आरोप उपाध्यक्ष थापाले लगाएका छन् । क्रान्तिकारी पार्टीले समाजवादको निर्माण गर्न चाहने, पुँजीवादी व्यवस्था बदलेर समाजवादको स्थापना गर्दै समृद्धिलाई स्थापना गर्न चाहेपनि दक्षिणपन्थीहरुले परिवर्तन नचाहने गरेको उपाध्यक्ष थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार