• होमपेज
  • समाज
  • कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना, एक किशोरीको मृत्यु

कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना, एक किशोरीको मृत्यु

  • मङ्लबार, जेष्ठ १, २०८१
कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना, एक किशोरीको मृत्यु

धनगढी— कैलालीको लम्कीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको छ। लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ की १८ वर्षीया किशोरी अञ्जली परियार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उनी भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी थिइन। एम्बुलेन्समा चालकसहित छ जना सवार रहेका थिए। उनीहरु सकुशल रहेका छन्। एम्बुलेन्स र चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार