• होमपेज
  • बुढीगंगा
  • ४० बर्ष शिक्षण पेसामा आवद्ध दुधिर आविका प्रअ सिंहको सम्मानसहित बिदाइ

४० बर्ष शिक्षण पेसामा आवद्ध दुधिर आविका प्रअ सिंहको सम्मानसहित बिदाइ

  • आइतवार, बैशाख ३०, २०८१
४० बर्ष शिक्षण पेसामा आवद्ध दुधिर आविका प्रअ सिंहको सम्मानसहित बिदाइ

बाजुरा —बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानी स्थित दुधिर आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक बिक्रम बहादुर सिंहको सम्मानसहित बिदाइ गरिएको छ । लामो समयदेखि शिक्षण पेसामा आवद्ध सिंहको शुक्रवार विद्यालयले एक औपचारिक कार्यक्रम गरेर सम्मान सहित विदाई गरेको हो ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक सिंहले २०४० सालदेखि शिक्षण पेसामा रहेर जीवन बेथित गरिसकेका छन् । २०४३ सालदेखि आफ्नै गाउँमा रहेको दुधिर आविको शिक्षकमा नियुक्त सिंहको अवकाशपछि विद्यालयले फूलमाला अबिरसहित प्रमाणपत्रले सम्मान गरिएको प्रधानाध्यापक चन्द्रकला सिंहले बताएकी छन् । २०५८ साल देखी प्रअको जिम्मेवारी समालेको आफ्नै गाउँको विद्यालय दुधिर आधारभूत विद्यालय बाट नै शैक्षिक अवकाश भएका हुन् ।

No description available.

विद्यालयका तत्कालीन प्रअ सिंहले विद्यालयमा गरेको अतुलनिय योगदान तथा समग्र शैक्षिक क्षेत्रको विकासमा गरेको योगदान अविष्मरणीय रहेकाले सो कार्यको मूल्यांकन गर्दै सोहि बाटोमा अग्रसरका लागि विद्यालय प्रतिबद्ध रहेका प्रधानाध्यापक सिंहले बताइन् ।

तत्कालीन प्रअ सिंहले विद्यालयको स्थापनाकाल देखि नै विद्यालयको विकासका लागि प्रतिबद्ध भएर काम गर्दै अहिले विद्यालयमा कार्यरत शिक्षकसहित समुदायले उनले देखाएको मार्गदर्शनमा हिडेर शैक्षिक अवस्था सुधारका लागि लाग्नुपर्ने स्थानीय प्रकाश सिंहले बताए ।

शैक्षिक पेसाबाट अवकास भएर विद्यालयले सम्मानसहित विदाइ गरेपछि तत्कालीन प्रअ सिंहले भने,“अबदेखि आफू विद्यालय बाहिर भएपनि एक अभिभावकको नाताले विद्यालयको विकास गर्दै समग्र शैक्षिक अवस्था सुधारका लागि सदैव लागि रहने बताए ।”

No description available.

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा सुरु भएको निवर्तमान प्रअ सिंहको सम्मान तथा विदाइ कार्यक्रममा प्रमुख अथिति वडा नंः ९ का वडा अध्यक्ष मिनबहादुर सिंह रहेका थिए । कार्यक्रममा विशिष्ट अथिति बडिमालिका फाउण्डेशन नेपाल अध्यक्ष प्रकाश बहादुर सिंह, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक चन्द्रकला सिंह, निवर्तमान प्रअ बिक्रम बहादुर सिंह अथितिमा शिक्षक, अभिभावक, बुद्धिजिवी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.No description available.No description available.No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार