• होमपेज
  • बुढीगंगा
  • दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • शनिबार, बैशाख २९, २०८१
दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाजुरा —बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानी स्थित दुधिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रवार विद्यालयमा एक औपचारिक कार्यक्रम गरेर दुधिर आविमा अध्ययनरत विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

अष्ट्रलिया निवासी सरु बिष्ट, भट्टराई परिवार लगायतको सहयोग र बडिमालिका फाउण्डेशन नेपालको समन्वयमा शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्यनतरत १७ जना विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई स्कुल ड्रेस, कापी कलम, झोला लगायतका सामग्री वितरण गरिएको बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाश बहादुर सिंहले बताएका छन् ।

शैक्षिक सत्र सुरु भएर विद्यालयमा पढाई समेत सुचारु भइरहेकोले आफ्नो सानो सहयोगले् विद्यार्थीको पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ शैक्षिक सामग्री सहयोग गरिएको अष्ट्रलिया निवासी सरु बिष्टले बताइन् । विद्यालयमा पढ्ने विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको भन्दै प्रधानाध्यापक चन्द्रकला शाह सिंह सहित विद्यालय परिवारलाई धन्यवाद दिएका छन् ।

विद्यालयका पुर्व प्रधानाध्यापक बिक्रम बहादुर सिंहको सम्मान तथा विदाई कार्यक्रमसँगै राखेर सो अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा सुरु भएको निवर्तमान प्रअ सिंहको विदाइ तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अथिति वडा नंः ९ का वडा अध्यक्ष मिनबहादुर सिंह रहेका थिए । कार्यक्रममा विशिष्ट अथिति बडिमालिका फाउण्डेशन नेपाल अध्यक्ष प्रकाश बहादुर सिंह, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक चन्द्रकला सिंह, निवर्तमान प्रअ बिक्रम बहादुर सिंह अथितिमा शिक्षक, अभिभावक, बुद्धिजिवी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

यस अघि पनि बडिमालिका फाउण्डेशन नेपालका समन्वयमा विभिन्न संघसंस्थाहरुको सहयोगमा शैक्षिक सामग्री सहित चिसोको समयमा न्यानो लुगा पनि वितरण गरिएको थियो ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार