• होमपेज
  • समाज
  • खप्तड छेडेदह ३ ले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

खप्तड छेडेदह ३ ले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

  • शनिबार, बैशाख २९, २०८१
खप्तड छेडेदह ३ ले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

टेकबहादुर बुढा —बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ ले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । शुक्रवार वडाका जनप्रतिनिधि, हिमालयन बैंक शाखा कार्यालय डोगडी बाजुराका कर्मचारी, सुरक्षाकर्मीसहितको टोलीले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे  हो । वडामा रहेका एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिको सहजताका लागि गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको वडा कार्यालयले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाँदा निकै समस्या भएको भन्दै पालिकाले वडा कार्यालयमै वितरण गर्ने व्यवस्था गर्यो तर भौगोलिक विकटता, यातायात असुविधा, एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूलाई पैदल हिँडेर वडामा पुग्न पनि समस्या भएकाले गाउँमै गएर वितरण गरिएको वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन् । सबैको सहजताका लागि पुडाबाउला, गुदु र वडा कार्यालय आसपासका गाउँका लागि वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष रावतले बताए ।

वडाका गुदु, वडा कार्यालय र पुडाबाउला गरेर तीन स्थानबाट ८२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताए । वडा र नगरपालिकाबाट टाढा रहेका  गाउँबाट भत्ता लिनका लागि वडा कार्यालयमै पुग्नुपर्ने बाध्यताबाट मुक्त हुदैं गाउँमै हात हातमा भत्ता पाएपछि नागरिक खुसी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार