शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाद्धारा उद्धमशिल तालिम

बुढिनन्दा नगरपालिकाद्धारा उद्धमशिल तालिम

  • आइतवार, बैशाख ९, २०८१
बुढिनन्दा नगरपालिकाद्धारा उद्धमशिल तालिम

बाजुरा– बुढिनन्दा नगरपालिकाले महिलाहरुलाइ उधमी बनाउन दालमोट र आलुचिप्स तालिम दिएकाे छ । महिलाहरुलाइ आत्मनिर्भर बनाउनुका साथै  स्थानिय उत्पादनलाइ बढवा दिन स्थानिय आलुबाट चिप्स र भटमासबाट दालमाेट बनाउने तालिम दिइएकाे हाे ।

लघु उद्यम विकास शाखा बुढिनन्दाकाे आयाेजनामा महिलाहरुलाइ  तालिममा सहभागी गराइ तालिमपश्चात दालमाेट र आलुचिप्स बनाउने याेजना रहेकाे बुढिनन्दा नगरपालिकाका नगर प्रमु जनक कुमार बाेहराले बताए ।   दालमोट  र  आलुचिप्स बनाउने छोटो अवधिको तालिम पश्चात  गाउँमै राेजगारीका साथै स्थानिय उत्पादनकाे बजारीकण हुने बिस्वास रहेकाे नगर प्रमुख बाेहराले बताए ।

महिलाहरुलाई तालिमबाट सिकेको सीपलाई सकारात्मक तथा उर्जाशिल सोच लिएर व्यवसायिक रुपमा अगाडी बढ्न आग्रह गर्दे आवश्यक  सहयोग गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सन्ताेष कुमार शाहले प्रतिवद्धता ब्यक्त गरेका छन । तालिम निकै महत्वपूर्ण रहेकाले रहेकाले यो तालिम उपलब्धी मूलक हुने प्रमुख प्रशासकिय अधिकृत प्रमुख शाहले बताए ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक हप्ता दालमोट र आलुचिप्स बनाउन  महिलाहरुलाई सिप सिकाई आत्म निर्भर बनाई स्वरोजगार बनाउने उदेस्यले तालिम सञ्चालन गरिएकाे उद्यम बिकास सहजकर्ता टंक रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार