• होमपेज
  • जगन्नाथ
  • जगन्नाथका बिरेन्द्र ७ बर्ष पहिला मालिकले दिएको जिर्ण ह्वीलचियरमा

जगन्नाथका बिरेन्द्र ७ बर्ष पहिला मालिकले दिएको जिर्ण ह्वीलचियरमा

कमाउनेनै थला परेपछि परिवार बिच्चलीमा

  • शुक्रबार, चैत्र ३०, २०८०
जगन्नाथका बिरेन्द्र ७ बर्ष पहिला मालिकले दिएको जिर्ण ह्वीलचियरमा

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका ६ कोट गोत्रि बस्ने ३१ बर्षका बिरेन्द्र सार्की जिर्ण ह्वीलचियर प्रयोग गरिरहेका छन् । नयाँ ह्वीलचियर किन्ने पैसा नभएपछि उनि भारतमा काम गरिरहेका बेला साहुले दिएको ह्वीलचियर मर्मत गरेर बस्ने सम्मको रुपमा प्रयोग गरिरहेका छन् । आर्थिक अबस्था निकै कमजोर भएका बिरेन्द्रलाइ ह्वीलचियर नहुदा दिशापिसाब गर्न जान र घर आगनमा यताउती जान निकै समस्या भएको छ । ७ बर्ष पहिला भारतमा ज्याला मजदुरी गरिरहेका बेला लडेर स्पाइनल कर्ड भाच्चिएको थियो । भारतमा सामान्य उपचार गरेका उनले ठिक नहुने भन्दै मालिकले एक ह्वीलचियर दिएर घर पठायो । बिरेन्द्रको कम्मर तलको भाग चल्दैन्, उनि घ्रिसेर दिशापिसाव गर्न जाने गर्छन् ।
पैशा नभएपछि ७ बर्ष पहिलाको ह्वीलचियरमा काठ राखेर बस्ने सम्मको बनाएका छन् । बिरेन्द्र भन्छन्, ह्वीलचियर किन्ने पैसा छैन्, त्यही मालिकले दिएको बनाएर बस्ने सम्मको बनाएको वताउछन् । ह्वीलचियर सहयोगका लागि धेरै ठाउँमा हारगुहार गरे कतै बाट सहयोग नपााएको उनले वताए । उनि बस्ने ठाउँ बाजुराको अतिदुर्गममा रहेको छ ।
बिरेन्द्र पुर्ण रुपमा शारिरिक अशक्त भएपछि उनको ६ जनाको परिवार बिच्चलीमा परेका छन् । एक छोरा, एक छोरी र बुढा बुवा आमा रहेका छन् । बिरेन्द्र अशक्त छन्, अन्य सदस्यले कमाउन सक्ने अबस्था छैन्, बिरेन्द्रकी श्रीमति कलसा ज्यालामजदुरी गरेर परिवार पाल्ने गरेको स्थानिय धन बहादुर बिसीले वताएका छन् । पैसा नहुदा शौचालय समेत बनाउन नसक्दा बिरेन्द्रलाइ दिशापिसाव गर्न निकै समस्या परेको छ । बिहान बेलुका छाक टार्न त धौ धौ छ, ट्वाइलेटको पिनसेट किन्न पैसा छैन्, बनाउन त धेरै टाढाको कुरा रहेको बिरेन्द्रले वताए ।
आफु अशक्त नभएको भए समस्या आउने थिएन् । बुवा बुढा छन्, शौचालय कसले बनाउने समस्या रहेको बिरेन्द्रले वताए । बिरेन्द्रले ह्वीलचियर किन्न र शौचालय निर्माणमा सहयोग गरिदिन आग्रह गरेका छन् । बिरेन्द्रका छोरा १० बर्षको कृष्ण सार्की कक्षा २ मा र छोरी ७ बर्षकी सर्मिला कक्षा १ मा पढने गरेका छन् । आर्थिक नहुदा उनीहरुको पठनपाठनमा समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार