मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपिएल : आरसिबीमाथि मुम्बईको शानदार जित, बुमराहले लिए ५ विकेट

आईपिएल : आरसिबीमाथि मुम्बईको शानदार जित, बुमराहले लिए ५ विकेट

  • शुक्रबार, चैत्र ३०, २०८०
आईपिएल : आरसिबीमाथि मुम्बईको शानदार जित, बुमराहले लिए ५ विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)माथि शानदार जित निकालेको छ।

टस जितेर सुरुमा फिल्डिङ गरेको मुम्बईले आरसिबीले दिएको १९७ रनको चुनौती १५ ओभर ३ बलमा १९९ बनाएर सहजै भेट्टाएको हो।

सुरुमा ब्याटिङ गरेको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिस र रजत पाटीदारले अर्धशतकीय इनिङ खेले। कप्तान प्लेसिसले ४० बल खेल्दै ६१ रन बनाए भने पाटीदारले २६ बलमा ५० रन बनाए। विराट कोहली ९ बल खेल्दा ३ रन बनाएर आउट भए। अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न नसकेको आरसिबी २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रनमा समेटिएको थियो।

आरसिबीको ब्याटिङलाइन कमजोर बनाउन मुम्बईका लागि जसप्रित बुमराहले एक्लै ५ विकेट लिए।

१९७ रनको लक्ष्य पछ्याएको मुम्बईले पावर प्लेमा आक्रामक ब्याटिङ गर्दै शादार जित निकालेको हो। मुम्बईका ओपनर इशन किसनले ३४ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ६९ रन बनाए। सूर्यकुमार यादवले १९ बलमा अर्धशतक पूरा गरे। पाँच चौका र ४ छक्का प्रहार गरेका उनले ५२ रन बनाएका हुन्। रोहित शर्मा ३८ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्डे २१ र तिकल बर्मा १६ रनमा नटआउट रहे। मुम्बईले ३ विकेटको क्षतिमा १५.३ ओभरमा १९९ रन बनाएर आरसिबीमाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो।

मुम्बईको यो दोस्रो जित हो। पाँच खेल खेलेको मुम्बई ४ अंकसहित तालिकाको ७ औं स्थानमा छ। पाँच खेलमा एउटा मात्र जित दर्ता गरेको आरसिबी २ अंकका साथ तालिकाको नवौं स्थानमा छ।

चर्चामा

सम्बन्धित समाचार