मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • शिक्षा
  • गौमुलमा उपलब्धि नदेखिएपछि कक्षा ८ परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई

गौमुलमा उपलब्धि नदेखिएपछि कक्षा ८ परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई

  • बुधबार, चैत्र २८, २०८०
गौमुलमा उपलब्धि नदेखिएपछि कक्षा ८ परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई

बाजुरा–बाजुराको गाैमुल गाउँपालिकाले लगानीअनुसार परीक्षामा उपलब्धि नदेखिएपछि कक्षा ८ काे परिक्षाकाे जिम्मा सम्बन्धित बिध्यालयलाइ दिएकाे छ । दुई बर्षदेखि कक्षा ८ को परीक्षा पालिका स्तरिय लिने गरेको भएपनि गत बर्षबाट फेरि सम्बन्धित विद्यालयलाई दिएकाे हाे ।   गौमुल गाउँपालिकामा यस बर्षको कक्षा ८ परीक्षाको नतिजामा उल्लेखनिय रुपमा सुधार आएको  जनाएकाे छ ।

गाउँपालिकाले कक्षा ८ मा लगानीअनुसार परीक्षामा उपलब्धि नदेखिएपछि परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई दिएपछि नतिजामा सुधार हुदै गएकाे जनएकाे छ । दुई बर्षदेखि कक्षा ८ को परीक्षा पालिका स्तरिय लिने गरेको भएपनि गत बर्षबाट फेरि सम्बन्धित विद्यालयलाई नै जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ ।

शैक्षिक क्षेत्रमा लगानी अनुसार कक्षा ८ परीक्षामा उपलब्धि नदेखिएपछि परीक्षाको व्यवस्थापन पालिकाले गर्ने गरि विद्यालयलाई जिम्मा दिइएको शिक्षा शाखा प्रमुख राम नाथले बताएका छन् । उनले भने पालिका स्तरिय परीक्षा सञ्चालन गर्दा उपलब्धि निकै कमजोर देखियो र बालबालिकाहरुको पढाई पनि प्रभावित हुने देखिएपछि पालिकाले यस्तो निणर्य गरेको हो ।

सोहि अनुसार यस बर्ष पनि परीक्षाको प्रश्नपत्र र उत्तर सेट पालिकाले दिएर कक्षा ८ को परीक्षा सम्बन्धित विद्यालयबाटै सञ्चालन गरेको उनले बताए । यस बर्ष गाउँपालिकामा कक्षा ८ को परीक्षामा ८ वटा विद्यालयबाट सहभागी २ सय २२ जना विद्यार्थी मध्ये ९१ प्रतिशत अर्थात २ सय ३ जना विद्यार्थी उतीणर् भएका छन् ।

जसमा १९ जना विद्यार्थीहरु मात्रै अनुतीणर् भएका र उनीहरुका लागि ग्रेडवृद्धि परीक्षा भने सञ्चालन नहुने गाउँपालिकाले जनाएको छ। पालिकाको कक्षा ८ परीक्षामा फुलपाटा मावि, बालविकास मावि, जनज्योति मावि, अम्लीस मावि र मानाकोट माविको सबै भन्दा राम्रो नतिजा आएको छ । ति सबै विद्यालयबाट सहभागी सबै विद्याथीहरु उतीर्ण भएका छन् ।

त्यस्तै कीर्तिचौर माविमा ८, पदमपुर आविमा १ र घटाल आविमा १० जना विद्यार्थी अनुतिणर् भएका छन् । गाउँपालिकामा कक्षा ८ को परीक्षा चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार