मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लगातार समाजमा जन्मिन्छन अपराधी डन

लगातार समाजमा जन्मिन्छन अपराधी डन

  • सोमवार, चैत्र २६, २०८०
लगातार समाजमा जन्मिन्छन अपराधी डन

थाहा छैन मानिसले जिम्मा लिंदा डराउँछन किन,
आफ्नै शिक्षण संस्था सँग हुन्छ यस्तो अमन किन।

मान सम्मान् पाउँन त सबैको हुन्छ मरिहत्ते देशमा,
लगाम छोप्न सक्दैनन् यो देश भित्रका निर्धन किन।

एउटा कविले साहित्यमै नियाल्छ देशलाई आफ्नो,
देख्न सक्दैनन् नेताहरू काममा हुँदैन लगन किन।

बफादार हुन्छन् जनताका भोट लिएर विदेशीको,
लाग्दैन आफ्नै देश नेताहरूलाई आफ्नो पन किन।

सिप कर्मिहरूले देशभित्र आमूल परिवर्तन खोज्दा,
उनै सिपालुका योजना हुन्छन् सधैभरी दफन किन।

खोज्दा खोज्दै पनि शान्ति सु व्यवस्था नागरिक ले,
लगातार समाजमा जन्मिन्छन अपराधी डन किन।

चर्चामा

सम्बन्धित समाचार