शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

दाबी पेस गर्न १० दिनको समय

  • शुक्रबार, चैत्र २३, २०८०
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

धनगढी — सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् ।

जबकी निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह संविधानको धारा १६८ (३) अनुसार २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । त्यसैले उनले विश्वासको मत नलिइ राजीनामा दिएकाले १६८ (५) अनुसार सरकार बन्ने अनुमान थियो ।

तर प्रदेश प्रमुख मियाँले कानुनी परामर्शपछि धारा १६८ (२) अनुसारकै सरकार गठनको आह्वान गरेका हुन् । ‘धारा १६८ (३) अनुसार मुख्यमन्त्री बने पनि विश्वासको मत लिएर १४ महिना सरकार चलाएकाले फेरि उपधारा २ मा जानु संविधान विपरीत हुन्न भन्ने परामर्श आयो’ प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले भने, ‘उपधारा ५ मा जाँदा प्रदेशसभा विघटनतिर पनि जानसक्ने भएकाले सरकार गठनको विकल्प दिनुपर्छ भनेर प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।’

दलहरूलाई १० दिनको समय दिइएको छ । अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार