मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • नागरिक उन्मुक्तिका गण्डकी र वाग्मती प्रदेश अध्यक्ष निष्कासित

नागरिक उन्मुक्तिका गण्डकी र वाग्मती प्रदेश अध्यक्ष निष्कासित

  • मङ्लबार, चैत्र २०, २०८०
नागरिक उन्मुक्तिका गण्डकी र वाग्मती प्रदेश अध्यक्ष निष्कासित

धनगढी — नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेकी छिन् । उनीहरू दुवै जनालाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको छ ।

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी पत्रमा उल्लेख छ ।

सुदूरपश्चिममा कुन समीकरणमा सामेल हुने भन्नेमा रेशम र रञ्जिताबीच फरक मत उत्पन्न भएपछि यतिबेला नागरिक उन्मुक्ति गम्भीर विवादमा फसेको छ । अध्यक्ष रञ्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारै पक्षमा छन् ।

त्यही कारण पार्टीभित्र विवाद गहिरिएर सोमबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ।

चर्चामा

सम्बन्धित समाचार