बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • विकास कहाँ हुन्छ याहाँ त तमासा हुन्छ

विकास कहाँ हुन्छ याहाँ त तमासा हुन्छ

  • सोमवार, चैत्र १९, २०८०
विकास कहाँ हुन्छ याहाँ त तमासा हुन्छ

विकास कहाँ हुन्छ याहाँ त तमास हुन्छ,
महंगी हुन्छ उस्तै भ्रष्टाचारको रास हुन्छ।

आत्महत्या गर्छन् रोजागार नपाई याहाँ,
कसैको रातो बाकसमा फिर्ता लाश हुन्छ।

एकता गर्छन् सरकारमा पुग्न नेताले सधै,
जनताको बिचमा सदै झुट वक्बास हुन्छ।

दिनौँ गुल्टिन्छन् गाडी वेहालछ सडकको,
भन्छन् एमसीसी आए अब विकास हुन्छ।

कसैको देशमा किन गर्छ विकास कसैले,
सबैलाई आ -आफ्नै समस्या खास हुन्छ।

देशका धुरी खाँभा युवा देशबाट रित्तियो,
देश आज संसार भरिमा नै उपहास हुन्छ।

ऋण लिएर ऋण तिर्न थालेपछि केहोला,
यही चालाले एक दिन आफ्नै नाश हुन्छ।

चर्चामा

सम्बन्धित समाचार