शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जस्को व्यापार भयो त्यो साहुकार

जस्को व्यापार भयो त्यो साहुकार

  • बिहिबार, चैत्र १५, २०८०
जस्को व्यापार भयो त्यो साहुकार

रङ्गमा सिङ्गार बटार मानव संसार भयो,
जस्को व्यापार भयो त्यो साहुकार भयो।

अरबौँको व्यापार रङ्गको उस्तै पिच्कारी,
फुकियो पेट्रोल उस्तै वेलुन व्यापार भयो।

कयौँ मरे दुर्घटनामा कयौँको मारामार छ,
आएछ आयातित् होली र हुनेहार भयो।

कतै मुद्धा चले कसैको बिक्यो पाटो पनि,
पर्व रिएक्सल गर्दा समाजमा दरार भयो।

देशका लाटा जनता कौवाको पछि भाग्ने,
छाम्दैनन् आफ्नै कान देशलाई भार भयो।

विदेशीले कमायो नक्लि समान बेरेर धन,
देशका जनता र देश दुबै नाङ्गेझार भयो।

चर्चामा

सम्बन्धित समाचार