शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नाउपाले सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय गर्न बोलायो संस्थापक र सांसदहरूको बैठक

नाउपाले सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय गर्न बोलायो संस्थापक र सांसदहरूको बैठक

  • बुधबार, चैत्र १४, २०८०
नाउपाले सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय गर्न बोलायो संस्थापक र सांसदहरूको बैठक

धनगढी— नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय गर्न आज बैठक बोलाएको छ ।

पार्टीका नेता दामोदर पण्डितका अनुसार आज बिहान नौ बजे २१ जना संस्थापकहरूको बैठक बस्दै छ । संथापकहरु सहितको सांसदहरूको बैठक दिउँसो बस्ने भएको हो । बैठकले सङ्घीय सरकार, लुम्बिनी र सुदूरपश्चिम सरकारबारे आगामी मार्ग तय गर्ने बताइएको छ ।

बैठकमा २१ जना संस्थापक र सङ्घीय र प्रदेशका गरी १६ जना सांसदहरूको सहभागिता रहने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार