आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • अपाङ्गता पहिचान शिविरबाट १ सय ७७ जनालाइ सेवा

अपाङ्गता पहिचान शिविरबाट १ सय ७७ जनालाइ सेवा

५१ जनाको बनेपामा निशुल्क उपचार गरिने

  • सोमवार, चैत्र १२, २०८०
अपाङ्गता पहिचान शिविरबाट १ सय ७७ जनालाइ सेवा

बाजुरा १२ चैत्र– जिल्लामा सञ्चालन भएको अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य शारीरिक पहिचान पुर्नस्थापना तथा घुम्ति शिविरमा १ सय ७७ जनाले सेवा लिएका छन् । जिल्ला अस्पताल बाजुरा र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य निर्देशनालय डोटी, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाको आयोजनामा सो शिविर सम्पन्न भएको छ ।
दुई दिने शिविरमा जिल्ला अस्पताल बाजुरामा ८७ जना र कोल्टीमा ९० जनाको परिक्षण तथा उपचार गरिएको हाड जोर्नी तथा नसा रोग सम्बन्धी विशेषज्ञ डाक्टर सौगात केशीले बताएका छन् । शिविर बाट जन्मजात रुपमा रोग लुकाउदै आएका तथा आर्थिक बिपन्न बिरामीको चेकजाँच भएको थियो । यो शिबिर बाट बाजुराका लागि ठुलो उपलब्धि भएको बुढिनन्नदा नगरपालिका मेयर जनक कुमार बोहोराले वताएका छन् । बर्षौ देखी रोग पाल्दै आएका ५१ जनाले उपचार पाउदा ठुलो सहयोग भएको उनले वताए ।
शिविरमा उपचार गर्न नसकिएका ५१ जनालाई बनेपामा लगेर उपचार गरिने उनले बताए । उनीहरुलाई चैत्र बैशाखभित्रै बनेपा काठमाडौंमा लिएर उपचार गरिने आयोजकले बताएको छ । ५१ जनाको उपचार अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाले निशुल्क रुपमा गर्ने अस्पतालले जनाएको छ । पहिचान शिविरमा जन्मजात वा पछि पैतला भित्र वाहिर फर्केको, क्लब फुट, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाचिएको बाँगो भएको वा हड्डी नजोडिएको शारिरिक अपाङ्गगहरुको विशेषज्ञ चिकित्सकद्धारा पहिचान गरेको छ । त्यस्तै ढाड बाङ्गो वा कुप्रो भएको, औलाहरु एक आपसमा टाँसिएको र बढी भएको र कृतिम अंग र अर्थो पिडिहरुको आवश्यकता जस्ता समस्याहरुको शिविरमा पहिचान गरिएको छ । डाक्टर सौगात केशीले वताउनु भयो ।
शिविरमा बिरामीको पहिचान पछि अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा थप उचार गर्ने केन्द्रका पुर्ण बहादुर बिकले वताउनु भयो । सामान्य बिरामीलाइ यतै उपचार गरेको जटिल खाले बिरामी भने बनेपा लिएर उपचार गर्ने विकले वताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार