शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • खुट्टाको समस्याबाट ग्रसित अलपत्र दत्याको उद्धार

खुट्टाको समस्याबाट ग्रसित अलपत्र दत्याको उद्धार

  • सोमवार, चैत्र १२, २०८०
खुट्टाको समस्याबाट ग्रसित अलपत्र दत्याको उद्धार

टेकबहादुर बुढा, बाजुराः बाजुराको बडिमालिका नगरपालिका ७ जिल्लीका खुट्टाको समस्याबाट ग्रसित ३७ बर्षका दत्या विकको उद्धार भएको छ ।
आर्थिक अभावमा उपचार गर्न नसक्दा अलपत्र दत्याको उपचार हुने गरि उद्धार भएको हो । बडिमालिका फाउण्डेसन नेपालको समन्वय र मेडिकल पुर्नस्थापना केन्द्र काठमाडौंको सहयोगमा उनको उद्धार भएको छ ।

आर्थिक अभावमा उपचार गर्न नसक्दा दत्या बिचल्लीमा भनेर बडिमालिका खबर लगायतका सञ्चार माध्यममा समाचार प्रकाशित पछि मेडिकल पुर्नस्थापना केन्द्रमा उनको उपचार हुने गरि उद्धार गरिएको बडिमालिका फाउण्डेसन नेपालका अध्यक्ष प्रकाश बहादुर सिंहले बताएका छन् ।

लामो समयदेखि खुट्टाको समस्या भएर घरमै थला परेको जानकारीपछि दत्याको उद्धार गरेको मेडिकल पुर्नस्थापना केन्द्रका उपाध्यक्ष देवेन्द्र गुरुङले बताए । उनको आजबाट उपचार सुरु गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिएका छन् । लामो समयदेखि खुट्टाको समस्याले ग्रसित दत्याले विभिन्न अस्पतालमा उपचार गरेपनि घरमै अहिले झन थलामा परेका थिए ।

केहि बर्ष अघि खुट्टामा समस्या देखिदा उनको बाँया खुट्टाका औला काटनु परेको थियो । दत्याले जिल्ला अस्पताल बाजुरा हुदैँ काठमाडौको बिर अस्पतालमा पुगेर उपचार गरेका थिए । खुट्टामा समस्याले ग्रसित हुँदा हिड्नै नसक्ने गरि दत्या थला परेका छन् । उपचार गर्न आर्थिक अभाव हुँदा समस्या भएको छ । घरमुली नै खुट्टाको उपचार नपाएर थला परेपछि परिवारको खर्चसँगै छोराछोरीलाई पालन पोषण तथा पढाइ लेखाइमा समस्या भएको परिवारले जनाएको छ ।

खुट्टाको समस्याले ग्रसित दत्याले भने घरमा आय स्रोत केहि नहुँदा आफ्नो उपचार गर्न नसकिएको बताए । तिन बर्ष अघि दत्या उपचारको लागि अछामको बयालपाटा पुगे । त्यहाँ पनि उपचार सम्भव नहुने भन्दै रेफर गरेपछि काठमाडौंको टिचिङ अस्पतालसम्म पुगेका थिए ।

टिचिङ अस्पतालमा केहि समयसम्म उपचार गरेपछि थप उपचारको लागि भारतको दिल्ली पुगेको दत्याले बताए । उनी खुट्टाको समस्याले थला पर्दा उनको ७ जनाको परिवार समस्यामा परेका थिए । ३७ बर्षका दत्या विक खुट्टाको समस्याले थला पर्दा परिवारको पुरै जिम्मेवारी हुँदा परिवार बिचल्लीमा परेको हो ।

चर्चामा

सम्बन्धित समाचार