शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभावमा ६ बर्ष देखी रोग पालेर बस्दै गौमुलकी बिमला

आर्थिक अभावमा ६ बर्ष देखी रोग पालेर बस्दै गौमुलकी बिमला

  • सोमवार, चैत्र १२, २०८०
आर्थिक अभावमा ६ बर्ष देखी रोग पालेर बस्दै गौमुलकी बिमला

पदमबहादुर सिंह, बाजुरा — बाजुराकाे गौमुल गाउपालिका ३ की ३२ बर्षिया विमला धामी आर्थिक अभावका रोग पालेर बस्न बाध्य छन् । विगत ६ बर्ष देखी स्तन दुख्ने समस्याबाट ग्रसित बिमला धामीको आर्थिक अभावका कारण उपचार गराउन नसकेको बताएकी छन् ।

६ बर्ष देखी केही सामान्य मात्रामा दुख्न लागेका स्तन ३ बर्ष देखी अत्याधिक दुख्न लागेको बताएकी छन् । श्रीमानले भारतमा चौकीदारी गरेर परेर परिवारको गुजारा गरिरहेका धामी परिवारले केही समय अगाडी रिण काढेर काडमाण्डौमा उपचार गर्न गएर सामान्य चेकजाँच पछि औषधि दिएको थियो । औषधिले केही समय दुखाई कम भएको थियो । पछि फेरि सहनै नसक्ने गरेर दुखाई हुन थाले पछि रोजगारीका लागि दिल्लीमा रहेका श्रीमानका साथ गएर उपचार गर्दा भारतको ठाउ श्रीमानले चौकीदारी गरेर कमाएका पैसा सबै सकिएपछि प्रदेशको ठाँउ रिण पनि नपाईने भएपछि केही समयका लागि औषधि लिएर घर फर्किएको बिमलाले बताईन ।

औषधीले केही समय दुखाई कम भएपनि औषधीको मात्रा सकिने बितिकै सहनै नसकीने दुखाई हुने गरेको उनले बताईन् । अत्याधिक दुखाईले बेहोस भएपछि छिमेकीले जिल्ला अस्पताल बाजुरामा ल्याएपछि दुखाईको उपचार पछि होसमा आएको र जिल्ला अस्पताल बाजुराले स्तन क्यान्सर हुन सक्ने भएकाले काठमाण्डौ जान भन्दै रिफर गरेको उनले बताईन ।

आफुसंग सुक्को पैशा छैन्, श्रीमानको कमाई दिल्लीमै उपचार गरेर सकियो तीन छोरा छन् उनीहरुको पढाई अलपत्र अवस्थामा छ । आफु आर्थिक अभावले उपचार गर्ने अवबस्था नभएकोले रोग पालेरै बस्नु पर्ने बाध्यता रहेको बताईन । साना छोरा छन कलिलो उमेर छ म बाँच्न चाहान्छु । सहयोगी हातलहरुलाई सहयोगका लागि अुनरोध गरिदिन अनुरोध गरिरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार