शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाले गर्यो बृहत कृषि तथा खाद्य मेला प्रदर्शनी

बडिमालिकाले गर्यो बृहत कृषि तथा खाद्य मेला प्रदर्शनी

  • शनिबार, चैत्र १०, २०८०
बडिमालिकाले गर्यो बृहत कृषि तथा खाद्य मेला प्रदर्शनी

पदमबहादुर सिंह, बाजुरा— बाजुराको बडिमालिका नगरपालिकाले बृहत कृषि तथा खाद्य मेला प्रदर्शनी गरेको छ । बडिमालिका नगरपालिका कृषि शाखा कार्यालयले आयोजना गरेको प्रदर्शनी कार्याक्रममा जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा, आइएनएफ बाजुरा, गिफ्ट नेपाल बाजुरा, डब्लुएपी लगाएतको गैरसरकारी संस्थाहरुको सहयोगमा कार्यक्रम गरिएको थियो ।

कृषि शिक्षा स्वास्थ्य पर्यटन र पूर्वाधार बडिमालिका नगरपालिका समृद्धीको मुल आधार भन्ने मुल नाराका साथ खुला मंचमा भब्य कार्यक्रमका साथ सम्पन्न भएको थियो । मेलामा बडिमालिका नगरपालिकाका क्षेत्र भित्रका कृषि क्षेत्रका क्रियाशिल भई कृषि पेशा व्यवसायलाई नै प्राथमिकतामा राख्दै किसानहरुले उत्पादन गरेका विभिन्न सिपमुलक सामाग्रीहरु, आयआर्जनका श्रोतहरु, कृषि जन्य खाद्यन्न बाली, नगदेवाली लगायतका सामग्रीहरु प्रर्दशन गरेका थियो ।

कार्यक्रममा बिभिन्न वडाका किसान महिलाहरुले स्थानिय उत्पादन र स्थानिय उत्पादनको महत्व रैथाने बाली जोगाउनु पर्ने जस्ता बिषय देउडा मार्फत प्रस्तुत गरेका थिए । त्यस्तै अन्य रैथाने बाली जोगाउने सम्बन्धि जनचेतनामुल कार्यक्रम नृते समेत प्रस्तुत गरिएको थिए । स्थानिय उत्पादन रैथाने बाली सम्बन्धि जनचेतनामुलक प्रतिशप्रधा मध्य उकृष्ठ देउाडा टिमलाई प्रथम दितिय र तृतिय मुल्याङकनका आधारमा पुरस्कार समेत दिएको थियो ।

कृषि सम्बन्धी देउडा प्रतियोगितामा बडीमालिका नगरपालिका ५ मष्टेश्वरी समुह प्रथम, बडीमालिका नगरपालिका १ द्धितिय र वडा नम्बर ८ गैरीखेत आमा समुह तृतिय भएका छन् । वडाका प्रतियोगिहरुलाई ३० हजार रुपैयाँ प्रदान गरिएको कृषि शाखा प्रमुख महतले बताए ।
देउडामा सहभागी भएका प्रथमलाई ४ हजार पाँच सय हजार द्धितियलाई ४ हजार तृतिय ३हजार पाँच ५ सय र सहभागीलाई ३ हजारका दरले पुरस्कार दिइएको हो । पछिल्लो समयमा खाद्यान्न असुरक्षीत जिल्लाको परिचयका रुपमा चिनिएको बाजुरा जिल्लाको स्थानिय रैथाने बालि उत्पादन बढाउँन र संरक्षण गर्न बृहत प्रदर्शनी कार्यक्रम गरिएको बडिमालिका नगरपालिका कृषि शाखामा कार्यरत रमेश बिकले बताए ।

No description available.

आधुनिक खाने प्रदर्शनी मेलामा बडिमालिका नगरपालिकाका ४० जना बढी किसानले स्थानिय रैथालेबालिका प्रदर्शनी गरेको थिए । सहभागि सबै किसानलाई नगरपालिकाले पुरस्कृत गरेको थियो । परम्परागत रैथाने बालीहरु, निचो कागुनो, जनालो, फापर, कोदो, मार्से लगाएतका खडेरी समहन गर्ने क्षमता भएका उत्पादनहरुको प्रचार प्रसार गरीएको थियो भने आधुनिक कृषी औजार र उपकरण समेत प्रदशनीमा राखीएको थियो ।

बडीमालिका नगरपालिकाको स्थानिय स्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न, कृषि उपज तथा फलफुलको प्रदर्शनी र प्रचारप्रसार एवं स्थानीय कृषकलाई प्रोत्साहन गर्नका लागि कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको जनाइएको छ ।
बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्काको अध्यक्षतामा संचालन गरिएको कृषि तथा खाद्य मेला प्रदर्शनी कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमाककान्त पौडेल,जिल्ला स्थित सुरुक्षा निकाएको प्रमुख एवम प्रतिनिधि, मालिका नमुना माजिका बिब्यस अध्यक्ष कासी विक , कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख मीनप्रशाद जैशी लगायत सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एबम प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन कृषी शाखा प्राविधिक रमेश विकले गरेका थिए ।

No description available.No description available.No description available.

चर्चामा

सम्बन्धित समाचार