शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • एसईई परीक्षामा बाजुराबाट २ हजार ९ सय जना विद्यार्थी सहभागी हुने

एसईई परीक्षामा बाजुराबाट २ हजार ९ सय जना विद्यार्थी सहभागी हुने

१५ वटा परीक्षा केन्द्र ताकिए

  • शनिबार, चैत्र १०, २०८०
एसईई परीक्षामा बाजुराबाट २ हजार ९ सय जना विद्यार्थी सहभागी हुने
फाइल तस्विर

बाजुरा —आगामी चैत १५ गतेबाट हुने यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुराबाट २ हजार ९ सय ४३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

बाजुराका ९ स्थानीय तहबाट नियमित तर्फ छात्रा १ हजार ५ सय ३५  र छात्र १ हजार ३ सय ९९ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने भएका हुन्। त्यस्तै ग्रेडवृद्धिका लागि ५२ छात्र र ४८छात्रा गरी एक सय जना परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएकाे छ । गत बर्ष बाजुराबाट एसईईमा ३ हजार ७६ जना विद्यार्थी सहभाागी हुने भएका थिए जुन यस बर्षकाे भन्दा बढी संख्या हाे ।

त्यसैगरि एसईई परीक्षाका लागि गत वर्ष बाजुरामा १५ वटा परीक्षा केन्द्र ताकिएकोमा यस वर्ष पनि १५ वटा नै परीक्षा केन्द्रहरु तोकिएकाे शिक्षा विकास तथा  समन्वय इकाई बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार