शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बेसाहारा बनेका बडिमालिका ७ का मुस्कान खत्री साहाराको खोजीमा

बेसाहारा बनेका बडिमालिका ७ का मुस्कान खत्री साहाराको खोजीमा

  • शुक्रबार, चैत्र ९, २०८०
बेसाहारा बनेका बडिमालिका ७ का मुस्कान खत्री साहाराको खोजीमा

बाजुरा— बाजुराको बडिमालिका नगरपालिका ७ जिल्लीका मुस्कान खत्री अलपत्र परेका छन् । बुवा भारमा बेपत्ता र आमाले अर्को बिहे गरेर गएपछि नावालक १० बर्षिया मुस्कान खत्री ब्यसाहारा बनेका हुन । हाल उनि साहाराका लागि भबिस्य खोजीरहेका छन । बुवा गणेश खत्री गएको तिनबर्ष देखी बेखबर रहेका छन् । भारत गएको २ बर्षसम्म त सम्पर्कमा थिए, त्यसपछि कुनै अत्तो पत्तो नभएको परिवारले वताएका छन् । आमा संगिता खत्रीले अर्को बिहे गरेर गएपछि मुस्कान बेसाहारा बनेको स्थानिय कृष्ण खत्रीले वताएका छन् ।

अहिले मुस्कानका आमा र बुवा नभएपछि छिमेकीको साहारामा बाँचीरहेका छन् । आफन्तको रुपमा रहेका छिमेकी पनि बिपन्न परिवारका भएकाले मुस्कानको पठनपाठन र हेरचाहमा समस्या भएको स्थानिय कृष्ण खत्रीको भनाई रहेको छ । ३ बर्षदेखी जेनतेन पालन पोषण गरेपनि मुस्कान हुर्कदै गएको र पठन पाठन गर्ने समय भएकोले सो समस्या भएको स्थानिहरुले बताउने गरेका छन ।

No description available.

मुस्कान अहिले १० बर्षका भए तर पारिवारीक समस्या भएका कारण बिध्यालय जानबाट बञ्चित छन । बुवा गणेशको परिवारीक स्थिती कमजोर भएर पैसा कमाउन भारत गएका थिए, तर अहिले सम्पर्कमा छैन्, आमा सगिंताले अर्को बिहे गरेर गएपछि नाबालक मुस्कानको साहारा गुमेको स्थानियले बताए ।

बेपत्ता भएका गणेशको भारतमा खोजीका लागि धेरै प्रयास गरिएको भएपनि हालसम्म अत्तोपत्तो नभएको स्थानियले बताए । सहारा दिने अभिभावक र सहयोग गर्ने आफन्त नहुँदा मुस्कान बिचल्लीमा परेका छन् ‘बस्ने घर पनि छैन । काम गरि खाने उमेर पनि छैन’ मुस्कानले बताए । आफुलाई आमाबुवाको माया त खोसियो, छिमेकी नभएको भए म पनि कहा हुने थिए थाहा छैन उनि भन्छन ।

बुबा र आमा दुवै नभएपछि अभिभावक विहीन बनेका मुस्कानको लालनपालन तथा शिक्षादीक्षाको व्यवस्थापनमा समस्या सिर्जना भएको छ । बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका मुस्कानले बिध्यालय भनेको के हो चिन्न पाएका छैन । गणेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेको समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेपछी मुस्कानको खुसी हराएको छ । मुस्कान अहिले साहाराका लागि भबिस्य खोजिरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार