• होमपेज
  • बुढिनन्दा
  • नागरिकको खाद्य अधिकार सुनिश्चितताका लागि बुढीनन्दामा खाद्य समन्वय समिति गठन

नागरिकको खाद्य अधिकार सुनिश्चितताका लागि बुढीनन्दामा खाद्य समन्वय समिति गठन

  • मङ्लबार, चैत्र ६, २०८०
नागरिकको खाद्य अधिकार सुनिश्चितताका लागि बुढीनन्दामा खाद्य समन्वय समिति गठन

बाजुरा —बुढीनन्दा नगरपालिकाको कोल्टीमा स्थानिय खाद्य सञ्जाल समन्वय समिति गठन गरिएको छ । आईतवार एक कार्यक्रमका विच कोल्टीमा नगर प्रमुख जनक कुमार बोहरा अध्यक्ष रहने गरी समिति गठन गरिएको हो ।

नागरिकको खाद्य अधिकारको सुनिश्चीतताका लागि बेला बेला आवाज उठाउदै आईरहेको फियान नेपाल बाजुराको समन्वयमा स्थानिय खाद्य सञ्जाल समन्वय समिति गठन गरिएको जनाएकाे छ । बुढीनन्दा नगरपालिकाद्धारा राजपत्रमा प्रकाशित भएको स्थानिय खाद्य समन्वय समिति गठन तथा सञ्चाल कार्यविधि २०८० को परीच्छेद २ अनुसार समिति गठन भएको फियान नेपालका बाजुरा कार्यक्रम संयोजक सविता थापाले बताएकि छन् । उनका अनुसार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहरा अध्यक्ष रहने गरी १३ सदस्यीय समन्वय समिति गठन भएको छ ।

जसमा नगर उपप्रमुख रामबहादुर बाेहोरा, केशर बहादुर शाही, गजेन्द्र बहादुर शाही, भरत जोशी, महेश कार्मी, जीवन कैला, रणबहादुर वोहरा, जयलाल विक, जयलाल कार्की,लोकराज रेग्मी, कैलाश ऐडी सदश्य र कृषि शाखा प्रमुख भागेन्द्र मल्ल सदश्य सचिव रहने गरी १३ सदश्यीय समन्वय समिति गठन भएको  छ । विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधि सम्मीलित समितिले नागरिकका खाद्य अधिकारका सवालमा काम गर्ने थापाले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार