• होमपेज
  • समाज
  • बाजुरा स्वास्थ्य चौकी टाँटेमा चिकित्सकीय सेवा सुरु

बाजुरा स्वास्थ्य चौकी टाँटेमा चिकित्सकीय सेवा सुरु

  • सोमवार, चैत्र ५, २०८०
बाजुरा स्वास्थ्य चौकी टाँटेमा चिकित्सकीय सेवा  सुरु

पदम बहादुर सिंह/ बाजुरा ५ चैत्र— बुढीगंगा नगरपालिकाको बाजुरा स्वास्थ्य चौकी टाँटेमा चिकित्सकीय सेवा सुरु भएको छ । चिकित्सकीय सेवा सुरु भएसंगै विरामीहरुलाई अन्य ठाँउमा रिफर गर्नु पर्ने बाध्यताकाे अन्त्य हुने भएकाे हाे ।

नगपालिकाले हिजो आईतबार एक कार्यक्रमका विच डाक्टर किरण थापालाई स्वागत गरेर सेवा सुरु गरेको छ । कोरोना कालको समयमा प्रत्येक स्थानीय तहमा डाक्टर सहितको कोरोना अस्पताल स्थापना गरे संगै डाक्टर रवि लामिछानेले सेवा दिएका थिए भने लामिछाने गए संगै डाक्टर राजुराज जैशीले सेवा दिदै आएका थिए । गएको आर्थिक बर्षको अन्यसम्म डाक्टर राजुराज जैशी एमडी पढ्न गएपछि बाजुरा स्वास्थ्य चौकी टाँटमो चिकित्सकीय सेवा बन्द भएको बुढीगंगा स्वास्थ्य शाखामा कार्यरत बिष्णु जैशीले बताए ।

जैशीले भने राजुराज जैशी पढ्न गएपछि डाक्टर ल्याउन प्रयासरत थियौ धेरै डाक्टरसंग सम्र्पक गर्यौ केही दुर्गम भन्दै आउन आनाकानी गर्ने केही स्थानीय तहको साधन श्रोत कम भएको भन्दै आउन नमाने पछि चिकित्सकीय सेवा बन्द गर्नु परेको थियो । सोही प्रयास अनुरुप डाक्टर किरण थापाले  सेवा दिन तयार रहेको बताए पछि हिजोबाट सेवा सुरु गरिएको बताए ।

चिकित्सकीय सेवा सुरु भएपछि स्वास्थ्य चौकीमा रहेका एक्सरे भिडियो एक्सरे सेवा, इसिजी, ल्याब सेवालाई प्रभावकारी बनाउन सकिने छ । त्यस्तै स्वास्थ्य चौकीले संचालन गरेको टेलिमेडिसिएन सेवालाई थप प्रभावकारी बनाउन सकिने स्वास्थ्य शाखामा कार्यरत जैशीले बताए ।
कोरोना कालमा स्थापना गरिएको कोरोना अस्पतालमा कार्यरत रवि लामिछाने र केही स्वास्थ्यकर्मीलाई सघबाटै सेवा सुबिधा दिएको भएपनि त्यस पश्चातका डाक्टर राजुराज जैशी हिजोबाट कार्यरत डाक्टर किरण थापालाई पालिकाबाटै सेवा सुविधा दिने सम्झौता भएको बताएका छन् ।

बाजुरा स्वास्थ्य चौकी टाँटेमा नियुक्ति भए संगै सामाजिक संजाल फेसबुक मार्फत डाक्टर किरण थापाले आफ्नो जन्म थलोलाई सेवा दिन पाउदा खुशी भएको बताएका छन् । सेवा ग्राही जनसमुदाय तथा बाजुरा स्वास्थ्य चौकी टाँटे परिवारको साथ सहयोगको अपेक्षा गरेको छु समेत बताएका छन ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामै जन्मेका डाक्टर किरण थापाले केही समय अगाडी मात्र चीनबाट डाक्टर पास गरेर जन्म थलोका नागरिकलाई सेवा दिने उदेस्य साथ कर्मथालो बनाएका छन् । जन्म थलोलाई नै कर्मथलो बनाएर सेवा दिन आएको प्रति बुढीगंगा नगरपालिका बासी खुशी भएका छन ।

चर्चामा

सम्बन्धित समाचार