• होमपेज
  • समाज
  • बाजुरामा हातहतियार मुद्धाका फरार प्रतिवादी ३ बर्षपछि पक्राउ

बाजुरामा हातहतियार मुद्धाका फरार प्रतिवादी ३ बर्षपछि पक्राउ

  • शनिबार, चैत्र ३, २०८०
बाजुरामा हातहतियार मुद्धाका फरार प्रतिवादी ३ बर्षपछि पक्राउ

बाजुरा —बाजुरामा हातहतियार मुद्धाका फरार प्रतिवादी ३ बर्षपछि पक्राउ परेका छन् ।  बुढिनन्दा नगरपालिका ८ का फरार सुरेन्द्र गिरीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

३ बर्षदेखि फरार गिरीलाई हिजो अस्थायी प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेर अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

२०७८ असार ३१ गते जिल्ला अदालत बाजुराले हातहतियार सम्बन्धी कसुर मुद्धामा उनलाई दोषि ठहर गरेको थियो । जिल्ला अदालतले ९ महिना १७ दिन कैद र २ हजार ८ सय जरिवाना तोकेको थियो । गिरीको कैद भुक्तानी गरिसकेको र जरिवाना अशुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार