शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • बाबुरामको पार्टी फुट्यो, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने सहमति

बाबुरामको पार्टी फुट्यो, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने सहमति

  • शनिबार, चैत्र ३, २०८०
बाबुरामको पार्टी फुट्यो, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने सहमति

काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भएको भएको छ। माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारीसहित गत निर्वाचनमा एउटै चुनाव चिन्हबाट निर्वाचन लडेपनि पछिल्लोसमय नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाउपेचको राजनीतिमा लागेकाले पार्टी एकता नहुने उद्घोष गर्दै आएका थिए। तर शनिबार महिन्द्र राय यादव पक्षले नेसपालाई माओवादी केन्द्रमा समाहित गरेका छन्। सहमति पत्रमामा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन्।

शनिबार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति सार्वजनिक गरेको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८० साल चैत्र ३ गते शनिबारका दिन नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरूको जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

चर्चामा

सम्बन्धित समाचार