• होमपेज
  • बुढिनन्दा
  • प्रारम्भिक तहका शिक्षकहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

प्रारम्भिक तहका शिक्षकहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

  • शुक्रबार, चैत्र २, २०८०
प्रारम्भिक तहका शिक्षकहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

बाजुरा– बाजुराका ३ स्थानिय तहका प्रारम्भीक तहका शिक्षकहरुको क्षेमता अभिबिद्धि तालिम सम्पन्न भएको छ । बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकाका प्रारम्भिक तहका शिक्षकहरुलाई पठनसिप सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम गरिएको हो ।
तालिमबाट बाजुराका १२३ जना प्रारम्भिक तहका नेपाली बिषय अध्यापनरत शिक्षकहरुलाई तालिम दिईएको बिश्व शिक्षाका कार्यक्रम अधिकृत निराजन चौधरीले बताएका छन । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा विश्व शिक्षाको प्राविधिक सहयोग तथा सेतो गुराँस बाल बिकास सेवा बाजुराद्धारा संचालित प्रारम्भिक तह पढाइ कार्यक्रम् अन्तरगत सो तालिमको आयोजना गरिएको कार्यक्रम अधिकृत चौधरीले बताएका छन ।
सो तालिममा एकिकृत पाठ्यक्रम, पठन सिप तत्वगत क्रियाकलापहरु, बालमैत्री बिद्यालय, बालमैत्री शिक्षण सिकाइ, बहुकक्षा बहुस्तर, अपांगता, समाबेशी शिक्षा र उपाचारात्मक कक्षा जस्ता बिषयबस्तु लाई मुख्य जोड दिइएको छ । सो बिषयबस्तुमा रहेर प्रारम्भिक तह कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुलाई बालमैत्रीपुणर् वातावरणमा कसरी शिक्षण गर्ने भन्ने बिषयमा केन्द्रित रहेर छलफल, प्रस्तुतिकरण, शुक्ष्म शिक्षण बिधिबाट तालिम संचालन गरिएको जानकारी सेतो गुराँस बाल बिकास सेवा बाजुराका परियोजना संयोजक देवराज पाध्यायले बताए ।
शिक्षक क्षमता अभिबृद्धि तालिमले प्रारम्भिक तहका शिक्षकहरुलाइ बालमैत्रीपुणर् वातावरणमा शिक्षण सिकाई गर्न थप हौसला र मद्दत मिल्ने बताएका छन । साथै यस तालिमले प्रारम्भिक तहका बालबालिकाहरुको मथिल्लो कक्षाको लागी बलियो जग बसाउन सहयोग पग्ने बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले बताए । ३ दिने तालिममा सहजिकरण बुढिनन्दा नगरपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष जोशी, विश्व शिक्षाका कार्यक्रम अधिकृत निराजन चौधरी लगायत शिक्षा शाखा प्रमुखहरुले गरेका थिए ।
बिद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोग तथा सेतो गुराँस बाल बिकास सेवा बाजुरा द्धारा संचालित प्रारम्भिक तह पढाइ कार्यक्रम बाजुरा जिल्लाका ६ वटा पालिकामा (बुढिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बुढिनन्दा नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका) संचालन रहेकोछ भने आगमी दिनमा सो परियोजना ९ वटै स्थानिय तहमा विस्तार गर्ने योजना रहेको  बिश्व शिक्षाले जनाएकाे छ ।
विश्व शिक्षा संगको सहकार्यमा सेतो गुराँस बाल बिकास सेवा बाजुराले लामो समय देखि बाजुराको प्रारम्भिक तहको शिक्षाको बिकासमा काम गर्दै आएको छ । सेतो गुराँस बाल बिकास सेवा बाजुराले प्रारम्भिक तहका बालबालिका लाई शैक्षणिक समाग्री समेत सहयोग गर्दै अएको छ ।

चर्चामा

सम्बन्धित समाचार