शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाजुरेली खस भाषामा (गजल)

बाजुरेली खस भाषामा (गजल)

  • मङ्लबार, फाल्गुन २९, २०८०
बाजुरेली खस भाषामा (गजल)

मेरा गाँउ काम हर्दा _हर्दाई _हात खुट्टा घाउ हुदो छ।
कोद्याको रोटो अर्नि हुदो मेरा तम्बा चाउचाउ हुदो छ।

यई सहर अङ्गाल हालि बस्ताछन् जेठि बउरानि पन,
हाम्बा गाँउघर जेठिले_बउरानि_छोया छाउ हुदो छ।‌

अच्चम _सहर छोरो बाउ चिन्दैन बाउ छोरो चिन्दैन,
साँच्चै मेरा गाँउ छोरो छोरै हुदो छ बाउ बाउ हुदो छ।

नभया पन सहरका जसा ठुला महल चिल्ला गाडि।
मेरा बाजुरा प्रकृतिको सुन्दरताले भरिभराउ हुदो छ।

ठुलाठाला धनि मानि काँ बस्दा छन् मान्या गाँउमा,
हामि सबै गरिब हुदा छाै एक्कै जनु साउ हुदो छ।

तम्बा सहर सुन फालाफाल हुन्छ भन्दा सुन्याको हो,
हाम्बा गाउँमा एक_पोको नुन पन काँ पाउँ हुदो छ।

चर्चामा

सम्बन्धित समाचार