• होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा एक बाहेक सबै मन्त्री कैलालीबाट

सुदूरपश्चिममा एक बाहेक सबै मन्त्री कैलालीबाट

  • आइतवार, फाल्गुन २७, २०८०
सुदूरपश्चिममा एक बाहेक सबै मन्त्री कैलालीबाट

धनगढी— सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री कैलालीबाट छन्। मुख्यमन्त्री कमलबहादुर शाहसहित पाँच अन्य मन्त्रीहरू कैलालीबाट नियुक्त गरेका हुन्।

मुख्यमन्त्री शाहले प्रदेश सरकारमा मन्त्रीहरू फेरबदल गरेपछि कैलालीबाट मात्र परेका छन्। एक पहाडी जिल्ला बाहेक कैलालीबाट मात्र प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री थपिएका हुन्। नेपाली काँग्रेस संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री शाह कैलालीको निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए।\

एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेपछि काँग्रेस दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनले काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीसहितको संयुक्त प्रदेश सरकार बनाएका थिए। तर, प्रदेश सरकारबाट माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिर गएपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिबाट मन्त्री थप गरेका हुन्।

मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को (ख)बाट विजयी प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन्। काँग्रेसका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट मात्र बैतडीका हुन्। उनी बैतडीको निर्वाचन क्षेत्र नम्बर १ को (ख)बाट विजयी भएका थिए।

मुख्यमन्त्री शाहले शुक्रवार नियुक्त गरेका नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू सबै कैलालीका हुन्। आर्थिक मामिला मन्त्री घनश्याम चौधरी कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को (क)बाट विजयी प्रदेश सभा सदस्य हुन्। नागरिक उन्मुक्ति पार्टीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका रामेश्वर चौधरी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ को (ख)बाट विजयी प्रदेश सभा सदस्य हुन्। उक्त पार्टीबाट विना विभागीय मन्त्री खुशीराम डगौरा थारू कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट विजयी प्रदेश सभा सदस्य हुन्।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री नियुक्त गरिएकी इन्दिरा गिरीसमेत कैलालीबाट नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक प्रदेश सभा सदस्य हुन्। उनको घर धनगढीमा छ। दिनेशखबर

चर्चामा

सम्बन्धित समाचार