सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • जघन्य अपराधका घटना बढ्दै गएको भन्दै महिला मानव अधिकार रक्षकद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

जघन्य अपराधका घटना बढ्दै गएको भन्दै महिला मानव अधिकार रक्षकद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

  • बिहिबार, फाल्गुन २४, २०८०
जघन्य अपराधका घटना बढ्दै गएको भन्दै महिला मानव अधिकार रक्षकद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

बाजुरा —महिला मानव अधिकार रक्षक सञ्जाल बाजुराले दिनहुँ जघन्य अपराधका घटना बढ्दै गएको भन्दै प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रजिअ भिमकान्त पौडेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालको संविधान, मुलुकी अपराध संहिता लगायतमा महिलाबिरुद्ध कुनै पनि हिंसाजन्य कार्य वा शोषण गरिने छैन, यस्तो कार्य दण्डनिय हुनेछ र पिडितलाई कानुन बमोजिम क्षतिपूर्तिको हक हुनेछ भनेर उल्लेख गरिएपनि यस्ता घटना दिनहुँ बढिरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको महिला मानव अधिकार रक्षक सञ्जाल बाजुराले जनाएको छ ।

कानुनी व्यवस्था र प्रावधान भएपनि नेपाली समाजमा महिला तथा बालबालिकामाथि दैनिक गम्भीर किसिमका करणी, बलात्कार र हिंसाका घटना हुने गरेको सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । फागुन १२ गते सार्वजनिक भएको शालीन पोखरेलको शंकास्पद हत्या होस् या निर्मला पन्त, एलिशाा तामाङ, सम्झना कामी, भागीरथी भट्ट लागयतको बलात्कारपछि हत्या गरिएको हत्या होस् यस्ता कैयौ घटना बलात्कारपछि बीभत्स हत्या भएका छन् र आत्महत्या गर्न बाध्य पारिएका छन् ध्यानाकर्षण पत्रमा भनिएको छ ।त्यस्तै नेपालमा लोकतन्त्र आएको लामो समय बितिसक्दा पनि अजित मिजार, नन्दप्रसाद अधिकारीको पार्थिव शरिर र आरती साहजस्ता कैयौँ प्रभावित परिवारले न्यायका लागि सडकमा रोइकराइ गरिरहनु परेको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको ठहर छ ।

यस्ता दण्डहिनताको अवस्थाले प्रकृतिको हिंसालाइृ बढुवा दिनुका साथै लोकतान्त्रिक न्याय प्रणाली माथिको जनविश्वास पनि कम हुन थालेको बताएको छ । पिडित परवारलाई न्याय दिलाउनका लागि घटनाको निश्पक्ष सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कानुनी कारबाही हुनुपर्ने माग गरेको सञ्जाल जिल्ला अध्यक्ष कल्पना साउँदले बताइन् ।

त्यस्तै मानव अधिकार बिरुद्धका बढ्दो दण्डहीनताको अन्त्य गर्न नेपाल सरकारसंग महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल र जिल्ला सञ्जालले जोड्दार माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार