• होमपेज
  • राजनीति
  • कांग्रेस संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे

कांग्रेस संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे

  • बिहिबार, फाल्गुन २४, २०८०
कांग्रेस संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे

काठमाडौं — नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ ।

संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ ।

‘प्रधानमन्त्री पुपष्कमल दाहालजीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भयो, ‘यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’

उनले अगाडि भने, ‘हामीले गठबन्धनको संस्कृति, मूल्यमान्यता र सम्पूर्ण सहमतिलाई पालना गरिराखेकै अवस्थामा अविश्वनीय ढंगले गठबन्धन भत्काउने जुन काम गर्नुभयो, यो कुनै हिसाबले राजनैतिक इमान्दारी हुन सक्दैन ।’

गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।

संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले बताएको छ । ‘हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रधावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देश गरेका छौं,’ प्रमुख सचेतक लेखकले भने ।

चर्चामा

सम्बन्धित समाचार