सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त

लुम्बिनीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त

  • बुधबार, फाल्गुन २३, २०८०
लुम्बिनीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त

बुटवल— लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् ।

माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार