सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • फेसबुकमा एकाएक समस्या

फेसबुकमा एकाएक समस्या

  • मङ्लबार, फाल्गुन २२, २०८०
फेसबुकमा एकाएक समस्या

बाजुरा– सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ। फेसबुक अकाउन्ट स्वतः लगआउट भएको छ भने लगइन हुन सकेको छैन।

इन्स्टाग्रामको विभिन्न फिचरले काम गरेको छैन। मंगलबार राति ९ बजेतिर विश्वव्यापी रूपमा मेटाका प्लेटफर्महरू डाउन भएका हुन्। विशेषगरी अकाउन्ट आफैं लगआउट हुने समस्या देखिएको छ। यो समस्याबारे मेटा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन।

तर, समस्या उत्पन्न हुनुको कारणबारे हालसम्म फेसबुकले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । नेपाली समय अनुसार मंगलबार रातिदेखि यो समस्या देखिएको हो।

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम बन्द हुँदा लाखौं प्रयोगकर्ताहरू मेटाका सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन् । मिडिया प्लेटफर्महरू पहुँच गर्न असमर्थ छन्।

फेसबुक भित्रको एक स्रोतले उदृृत गर्दै डेली मेलले लेखेको छ कम्पनीको आन्तरिक प्रणालीहरू पनि डाउन थिए, जसले मंगलबार यस्तो खराबी आउनसक्ने सम्भावना थिए ।

चर्चामा

सम्बन्धित समाचार