शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, ३ मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, ३ मन्त्रीले दिए राजीनामा

  • मङ्लबार, फाल्गुन २२, २०८०
कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, ३ मन्त्रीले दिए राजीनामा

सुर्खेत— कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको मन्त्रीहरूले बताएका छन् ।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार