सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • राजनीति
  • नयाँ मन्त्रीको शपथका लागि शीतल निवास तयारी अवस्थामा

नयाँ मन्त्रीको शपथका लागि शीतल निवास तयारी अवस्थामा

  • सोमवार, फाल्गुन २१, २०८०
नयाँ मन्त्रीको शपथका लागि शीतल निवास तयारी अवस्थामा

नयाँ समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शीतल निवासमा पत्र प्राप्त भएसँगै समय यकिन हुने शीतल निवास स्रोतले बताएको छ ।
‘हामी पत्रको प्रतीक्षामा छौँ, पत्र प्राप्त भएपछि शपथको समय निश्चित हुन्छ’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले आजै शपथ गराउँछु भनेर राष्ट्रपतिज्यूलाई जानकारी गराइसक्नु भएको छ ।’ कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड सोमबार मध्याह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ हुने राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
जसअनुसार प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराएका हुन् । गिरी एमालेबाट, तामाङ माओवादीबाट र अर्याल रास्वपाबाट मन्त्री बन्न लागेका हुन् । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार ५ बजेपछिमात्रै शपथका लागि पत्र पठाउने तयारी भएको छ ।

चर्चामा

सम्बन्धित समाचार