आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लाठि चल्छ पत्रकार माथि

लाठि चल्छ पत्रकार माथि

  • आइतवार, फाल्गुन २०, २०८०
लाठि चल्छ पत्रकार माथि

राजधानिमा लाठि चल्छ पत्रकार माथि,
चेली बलत्कृत हुन्छिन् स्कुल द्वार माथि।

कसले रोक्ने हो यसतो निन्दनिय घट्ना,
राजनीति गर्छन् नेता यस्तै व्यवहार माथि।

लाखौँ करणौ खर्च गर्छन हतियार किन्दा,
अङ्कूश लगाउँदैन कोही भ्रष्टाचार माथि।

अन्याय अत्याचारकै अपिल कहाँ गर्नुपर्छ,
आरोप लाग्छ सधै न्यायको औतार माथि।

देशमा हुन्छन् भ्रष्टाचार र अपराध दिनरात,
बस्छन् आयोग प्रश्न उठ्छ चिरफार माथि।

न्याय नै मरेको देश भयो रोकिएन अपराध,
जन आन्दोलन खत्तिनुपर्छ अब जार माथि।

चर्चामा

सम्बन्धित समाचार