बाजुरा– बाजुरामा पाँच हजार चार सय ७० हेक्टर क्षेत्रफलमा फलफुल तथा मसला उत्पादन हुने गरेको छ । बाजुरामा पाँच हजार चार सय ७० हेक्टर क्षेत्रफलमा फलफूल तथा मसाला उत्पादन भएको छ । फलफूलका लागि अहिले पनि सुदूरपश्चिम प्रदेश भारत तथा अन्य प्रदेशमा निर्भर छ । गत वर्ष प्रदेशका नौवटै जिल्लामा गरी ३८ हजार ७८ हेक्टर क्षेत्रफलमा फलफूल र मसाला उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशको तथ्यांक छ। सुदूरपश्चिम प्रदेशको ३८ हजार ७८ हेक्टर क्षेत्रफलमा फलफूल र मसाला उत्पादन हुने गरेको पाइएको छ।
फलफूल र मसला उत्पादन सबैभन्दा बढी कैलालीमा १० हजार ७ सय ५२ र सबैभन्दा कम अछाममा ८ सय ४४ हेक्टर क्षेत्रफलमा उत्पादन भएको छ। कञ्चनपुरमा एक हजार तीन सय ९९, दार्चुलामा ६ हजार ८ सय ४२, बैतडीमा चार हजार तीन सय १८ र डडेल्धुरामा एक हजार एक सय ३६ हेक्टर जमिनमा फलफूल तथा मसला उत्पादन भएको निर्देशनालयको तथ्यांक छ।
त्यस्तै बझाङमा चार हजार पाँच सय र डोटीमा दुई हजार ७ सय २३ हेक्टर क्षेत्रफलमा फलफूल तथा मसाला उत्पादन भएको छ । फलफूल तथा मसला जन्य बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी २८ दशमलव २४ प्रतिशत र अछाम जिल्लाको हिस्सा सबैभन्दा कम २ दशमलव २२ प्रतिशत देखिएको छ।
आर्थिक वर्ष २०७९/८० मा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी र फलफूल तथा मसला) को उत्पादन १४ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष समग्र कृषि बालीको उत्पादनमा ९ दशमलव ७५ प्रतिशतले ह्रास आएको थियो। दिनेश खवरबाट