आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चालचलन यस्तै छ रङ बदल्नै पर्ने आजभली

चालचलन यस्तै छ रङ बदल्नै पर्ने आजभली

  • शुक्रबार, फाल्गुन १८, २०८०
चालचलन यस्तै छ रङ बदल्नै पर्ने आजभली

टाइ भिरेकाहरू प्रतिभा होइन दाश खोज्छन्,
आफ्नो प्रसंसा गर्ने कलाकार खास खोज्छन्।

किन पाउँथे खै मायाँको चिनोपनि उनिहरूले,
जबकी पाइलै पछि आफ्नै स्याबास खोज्छन्।

आफुलाई देशभक्त ठान्छौ अनि दोसती गर्छौ,
जस्ले यो देशको सधैभरी सत्यानास खोज्छन्।

चालचलन यस्तै छ रङ बदल्नै पर्ने आजभली,
अचेल मानिसले बिचार होइन बतास खोज्छन्।

सबैका आ-आफ्नै पेसा हुन्छन् धन कमाउँने,
मुर्दाघाटमै कात्रो चोर्न पल्केको लाश खोज्छन्।

प्रतिभा त कङ्कालमा पनि थियो र हँसाउँथ्यो,
सबैको स्वासले एकदिन उस्तै निकास खोज्छ।

चर्चामा

सम्बन्धित समाचार