आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रबि पाैडेलकाे गध्य कबिता : “सपना “

रबि पाैडेलकाे गध्य कबिता : “सपना “

  • मङ्लबार, फाल्गुन १५, २०८०
रबि पाैडेलकाे गध्य कबिता : “सपना “

महलहरुकाे बिचमा
झुपडी थियाे मेराे
रङगिन

अग्लाअग्ला घरहरुले
मन लाेभ्याउँथ्याे
एकदिन मनमनै साेचें
म पनि यस्तै एउटा
महल बनाउँछु

शिक्षितहरुकाे बिचमा
म अनपढ थिएं
अामा र बाबा
सधैं भन्नुहुन्थ्यो
छाेरा तँ राम्ररी पढ् !
र ठुलो मानिस वन्
तर ,
अामा र बाबा सँग
पढाउन सक्ने क्षमता थिएन
मुस्किलले साक्षरता प्राप्त गरें
बाख्रा चराउदै थिएं
मनमा एउटा साेँच अायाे
म पनि शिक्षित भएर
टिचर बन्ने छु ।

सँगै राजनीति गरेका साथीहरू
कमरेड भए
कमरेड मात्रै हाेईन
सांसद र मन्त्री भए
टन्न पैसा कमाए
चिल्ला कार किने
पैसा कसरी कमाए !
याे देखेर
मलाई पनि
कमरेड बन्न मन लाग्यो
सांसद र मन्त्री बन्न मन लाग्यो
एकदिन
अागनकाे छेउमा
घाम ताप्द थिए ं
साेंचे
म पनि
कमरेड बन्छु
सांसद र मन्त्री बन्छु ।

म एकदिन
मानव सेवा अाश्रम गएको थिएं
एकजना ब्यक्ति अाउनु भयाे
साथमा
लत्ताकपडा र रासनपानि
लिएर अाउनु भएको थियाे
त्यहाँ थुप्रै दुख कस्ट पाएका
मानिसहरु थिए
ती ब्यक्तिले लत्ताकपडा काे साथमा
रु पचास हजार नगद दिए
याृ देखेर
मलाई पनि समाजसेवी
सहयोगी मनको मालिक हुन मन लाग्यो
पकेट छामें रित्तो गाेजि थियाे
बाटो हिड्दै गर्दा
थकान लागेर
चाैपारिमा बसें
एउटा साेच पलायो
म पनि
यस्तै लत्ताकपडा
रासनपानि

रु . पचास हजार
सहयोग दिन सक्ने
ब्यक्ति बनुँ ।

चर्चामा

सम्बन्धित समाचार