शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • खेलकुद
  • टी-२० त्रिकोणात्मक सिरिज : आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै

टी-२० त्रिकोणात्मक सिरिज : आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै

  • मङ्लबार, फाल्गुन १५, २०८०
टी-२० त्रिकोणात्मक सिरिज : आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं —नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान ११:३० बजेबाट खेल सुरु हुनेछ ।

No description available.

क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले सार्वजनिक गरेको खेलाडिको सूचीमा पौडेल कप्तानमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, अनिल शाह, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल, आरिफ शेख र अभिनाश बोहरा रहेका छन्।

क्यानले विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो। आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि २० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ । नेपाल रहेको समूह डी को विश्वकपमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।

चर्चामा

सम्बन्धित समाचार