शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बारामा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

बारामा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

  • सोमवार, फाल्गुन १४, २०८०
बारामा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं — बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।

मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताए । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार, घटनामा ५ जना घाइते छन् । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् ।

घाइतेको वयोधा अस्प्तालमा उपचार भइरहेको छ । सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको थियो ।

चर्चामा

सम्बन्धित समाचार