आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो कलियुग भन्छन् कसैले वैज्ञानिक भन्छन् कसैले

यो कलियुग भन्छन् कसैले वैज्ञानिक भन्छन् कसैले

  • सोमवार, फाल्गुन १४, २०८०
यो कलियुग भन्छन् कसैले वैज्ञानिक भन्छन् कसैले

जस्तै धनिले गरिब मार्छन् ठुलाले सानालाई मार्छन्,
भन्दैन बा आमा पनि दाईले भाई,भाईले दाई मार्छन्।

दुश्मन् बनेर जित्न सकिन र त मितेरी लगायो दुष्टले,
सोझा मान्छेलाई केथाहा कति साइनो लगाई मार्छन्।

उसले सपना रातीमा होइन दिउसोमै देख्छ सधैभरी,
तर उसको योजना बिफल गर्ने योजना बनाई मार्छन्।

बा र आमालाई पाल्न कठिन छ अचेल महंगिले गर्दा,
बरू बा र आमाको जिवनभरीको कमाई खाई मार्छन्।

यो कलियुग भन्छन् कसैले वैज्ञानिक भन्छन् कसैले,
बुझ्न गारै हुन्छ दुबैको मर्म गलत बाटो समाई मार्छन्।

जलमा थलमा आकास पत्ताल मार्ने मात्र काम भयो,
शक्तिसाली,कम्जोरलाई सधै फकाई- फकाई मार्छन्।

चर्चामा

सम्बन्धित समाचार