आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनाई खोलामा अवरुद्ध मार्तडी -कोल्टी सडक खण्ड सुचारु

अनाई खोलामा अवरुद्ध मार्तडी -कोल्टी सडक खण्ड सुचारु

  • आइतवार, फाल्गुन १३, २०८०
अनाई खोलामा अवरुद्ध मार्तडी -कोल्टी सडक खण्ड सुचारु

बाजुरा–  बडिमालिका नगरपालिका ८ काे अनाइ खाेलामा पहिराेले अबरुद्ध सडक संचालनमा आएकाे छ ।  मार्तडी कोल्टी सडक खण्डको अनाई खोलामा पहिराे गइ माघ २२ गते अवरुद्ध भएकाे थियाे । साे सडकमा पहिराेमा पर्खाल लगाएर जीप र ट्याक्टर हिड्ने गरी सुचारु गरिएकाे   प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले बताएका छन ।

माघ २२ गते गएको बर्षासंगै सडक भाँसिएर सडक अवरोध भएको थियो । सदरमुकाम मार्तडी नजिकै बडिमालिका नगरपालिका ८ मा रहेको अनाई खोलामा भएको अबरोध हटाएपछी सवारी साधन सदरमुकाम मार्तडी बाट कोल्टी सम्मा नियमित संचालनमा आएकाे प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए  ।

 केही समयका लागी साना सवारी साधनलाई मात्र जाने सडक खोलेको र ठुला मालबाहक सवारी साधनलाई जान केही समय लाग्ने  प्रमुख जिल्ला अधिकारी पाैडेलले बताएका छन । माघ २३ गते देखी जिप अनाई खोला पारीबाट कोल्टी जाने गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार