सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

  • आइतवार, फाल्गुन १३, २०८०
इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उप-निर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप-निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा मिति वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय भएको आयोगका उपसचिवसमेत रहेका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगलाई प्राप्त भएको थियो।

यसरी कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, त्यसै प्रक्रियाबाट पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भएबमोजिम उपनिर्वाचनको मिति तोकिएको हो । यस उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोगले सबैलाई आग्रह पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार